ट्रेन्डीङ्ग

अखिल(समाजवादी)नवलपरासीद्वारा शिक्षालय सुधार तथा संगठन बिस्तार अभियान

परासी।विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल(समाजवादी)ले नवलपरासीमा संगठन बिस्तार अभियान संचालन गरेको छ।विद्यार्थी संगठनले शिक्षालय सुधार तथा संगठन बिस्तार अभियानको निरन्तर दिएको हो।
समाजवादी शिक्षा नीति,लागुऔषध प्रयोग र असरहरु,राष्ट्रिय स्वाधिनताको रक्षा लगायतका बिषयमा जिल्लाका विभिन्न क्याम्पस र विद्यालयमा विद्यार्थी र शिक्षक संग छलफल गरेको संगठनका केन्द्रिय सदस्य बिष्णु सि(विज्ञान)ले जानकारी दिए।

जिल्लामा एक हप्पे अभियान अन्तर्गत पाल्ही बहुमुखी क्याम्पस,आदर्श मावि,पवन मावि,परासी क्याम्पस,सयपत्री स्कुल,लिटल एन्जेल स्कुल ,देवकोटा क्याम्पस,देवकोटा नमूना माविका शिक्षक,विद्यार्थीहरु भेटघाट साथै संगठन बिस्तार गरिएको र अन्य विद्यालय, क्याम्पसमा निरन्तर दिने तयारी रहेको केन्द्रिय सदस्य विज्ञानले बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?