ट्रेन्डीङ्ग

नवलपरासीमा १४९९औँ मोहम्मद जयन्ति मनाए

परासी।पश्चिम नवलपरासीमा पनि मोहम्मद जन्मजयन्ती धुमधामका साथ मनाइएको छ।राष्ट्रिय ओल्मा काउन्सिल नेपाल र मोहम्मद जयन्ति मुल समितिको संयुक्त नेतृत्वमा मुस्लिम समुदायले ईस्लाम धर्मका पैगम्बर हजरत मोहम्मद मुस्तफा सलल्लाहो अलैहे वसल्लमको १४९९औ जन्मज्यन्तीको अवसरमा नवलपरासीका मुस्लिम धर्मावलम्बीहरुले परासी सदरमुकाममा वृहद जुलुस निकाली धुमधामका साथ मनाएका हुन।

रामग्राम २ हाटबजारबाट हजार बढि मुस्लिमहरुको सहभागिता रहेको जुलुसमा निकालिएको उक्त भव्य मोहम्मदी जुलुसमा सहभागीहरुले ईस्लामिक पोषाकमा सजिएर रंगिचंगी ब्यानर, ईस्लामि तथा राष्ट्रिय झण्डा बोकी विभिन्न धार्मिक, सामाजिक र राष्ट्रिय नारा लगाउदै परासी बजारका मुख्य मुख्य चोकहरु परिक्रमा गर्दै हाटबजारको वृहद कोणसभामा परिणत भएको थियो।

ईस्लाम धर्मका अन्तिम र ठुलो पैगम्बर आजम हजरत मोहम्मद मुस्तफा सलल्लाहो अलैहे वसल्लमले दिएको ईस्लामि तथा सामाजिक सन्देश दिन मुस्लिम समुदायहरु बर्षेनी यसरी भव्यताका साथ मोहम्मद जयन्ति मनाउदै आएका छन।बर्षेनी अरबी हिजरीको छैठों महिनाको १२ तारिख बारह रबिउल अव्वलका दिन मुस्लिम समुदायहरु मोहम्मद जयन्ति मनाउदै आएको खुशी र उत्सव मनाउन यो जुलुस निकालिएको राष्ट्रिय ओल्मा काउन्सिल नेपालका अध्यक्ष मौलाना सैयद गुलाम हुसैन मिंयाले बताए।

पैगम्बर मोहम्मद साहब आएपछि समाजमा रहेका कुपर्था तथा विकृति विसंगतीलाई समाप्त पारी सहि मार्गदर्शन गरेको मुस्लिम समुदायको धर्मिक मान्यता रहेको छ।मोहम्मद जयन्तीको अवसरमा २ दिन अगाडी यसै जिल्लामा राष्ट्रिय धार्मिकता एकता सम्ममेलन र हिजो आईतबार पृथ्वीचन्द्र अस्पतालका विरामीहरुलाई फलफुल समेत विरतण गरिएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?