ट्रेन्डीङ्ग

वायु प्रदुषण बढेपछि चारदिन विधालय बन्द

चैत १५ नवलपरासी । वायु प्रदुषण अत्यधिक बढेपछि सरकारले विद्यालय बन्द गर्ने निर्णय गरेको हो।
सरकारले चार दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ।

शिक्षा मन्त्रालयमा आज बसेको आकस्मिक बैठकले मंगलबारदेखि ४ दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको मन्त्रालय स्रोतले जानकारी दियो।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै प्रदुषणले गर्दा विभिन्न स्वास्थ्य समस्या देखा पर्ने हुँदा सचेत रहन आग्रह गरेको थियाे। मन्त्रालयले वायु प्रदुषणले जनस्वास्थ्यमा विभिन्न प्रभाव पर्ने भन्दै घरभित्र नै बस्न अनुरोध गरेको थियाे।

मन्त्रालयले घरबाहिर खुल्ला स्थानमा नबस्न र घर बाहिर मर्निङ वाकमा नजान पनि सर्वसाधारणलाई अपिल गरेको थियाे।

प्रदुषणले काठमाडौं उपत्यकाबासीमा रूघाखोकी, दम, एलर्जी, आँखा पोल्ने र अन्य श्वासप्रश्वाससम्बन्धी रोगकाे जोखिम बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal