ट्रेन्डीङ्ग

ताप्लेजुङ सम्पन्न पालिकास्तरिय मेयर कपको उपाधी मिक्वाखोलालाई

ताप्लेजुङ ।ताप्लेजुङमा सम्पन्न पालिकास्तरीय मेयरकप भलिबल प्रतियोगिताको उपाधि मिक्वाखोला गाउँपालिकाले जितेको छ । आइतबार सम्पन्न फाइनलमा मिक्वाखोलाले पाथीभरा याङ्वरक गाउँपालिकालाई ३–१ को सेटमा पराजित गर्दै उपाधि चुमेको हो ।पहिलो सेट २५–१८ ले जितेको मिक्वाखोला दोस्रो सेटमा १३–२५ ले पराजित भयो । त्यसपछि तेस्रो र चौथो सेटमा लगातार २५–२२, २५–२२ को हार ब्यहोरेपछि पाथीभरा याङ्वरक उपविजेतामा चित्त बुझाउन बाध्य बन्यो ।

विजेताले २ लाख २१ हजार नगदका साथमा कप तथा उप–विजेताले १ लाख ११ हजार नगद प्राप्त गरे । तृतीय बनेका सिरीजंघा र सिदिङ्वा गाउँपालिकाले जनही ३३ हजार रुपैयाँ प्राप्त गरे ।

त्यसै विभिन्न सात विधाका उत्कृष्ट खेलाडी पनि पुरस्कृत भएका छन् ।उत्कृष्ट डिफेन्डर मिक्वाखोलाका दावा नुपु शेर्पा, उत्कृष्ट स्पाइकर सिरीजंघाका मुकेश भटराई, उत्कृष्ट ब्लकर सिदिङ्वाका प्रविन न्यौपाने, उत्कृष्ट सर्भर मिक्वाखोलाका प्रताप साँवा लिम्बू, उत्कृष्ट लिफ्टर याङ्वरक कैलाश बस्नेत, उत्कृष्ट अलराउण्डर मिक्वाखोलाका आशिस मगर र उदयीमान खेलाडी पाथीभरा याङ्वरकका नविन तामाङ बनेका छन् ।

फुङलिङ बजारस्थित भिमकाली गुल्मको मैदानमा भएको प्रगियोगितामा जिल्लाका ८ स्थानीय तहले सहभागिता जनाएका थिए । जिल्लामै राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्यसहित मेयर कपको आयोजना गरिएको नगरपालिकाका प्रमुख छत्रपति प्याकुरेलले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal