ट्रेन्डीङ्ग

देशमा अश्लिलताको राजनिती हावी : स्वनिर्भर अध्यक्ष बस्याल

भुमही।स्वनिर्भर अभियान नेपालका केन्द्रीय अध्यक्ष डाक्टर शिवशंकर बस्यालले छाँडापन अश्लीलता राजनीतिमा भएको बताए।उनले त्यो राजनीतिक अश्लीलता भनेको भ्रष्टाचार भएको उल्लेख गरे ।

नवलपरासीको सुनवलमा रामनगर महिला संजालद्धारा आयाेजित तिज बिशेष बृहत अन्तरक्रियात्मक कार्यक्रममा बिशेष अतिथिका रुपमा पुगेका स्वनिर्भर अभियान नेपालका केन्द्रीय अध्यक्ष डाक्टर शिवशंकर बस्याल उक्त कुरा बताएका हुन।उनले भने:“छाँडापन देशको समाजिक सम्बन्धमा छ,सामाजिक परिवेशमा छ छाँडापन अश्लीलता राजनीतिमा छ त्यो राजनीतिक अश्लीलता भनेको भ्रष्टाचार हाे त्यो राजनीतिक अश्लीलता भनेको व्यक्तिवादीता हाे सामाजिक सम्बन्धकाे अश्लीलता भनेको व्यक्ति जाग्ने र अरुलाई खाल्डोमा हाल्ने प्रक्रिया हाे”।

उक्त कार्यक्रमकाे अध्यक्षता दुर्गापाण्डे बस्याल, प्रमुख अतिथि सुनवल नगरपालिकाकि नगर प्रमुख बिमला अर्याल,बिशेष अतिथि स्वनिर्भर अभियानका केन्द्रीय अध्यक्ष डाक्टर शिवशंकर बस्याल,अतिथि सुनवल नगरपालिकाकि महिला शाखा प्रमुख केसरी गैरे, अतिथि मैतिलाल क्याम्पसका अध्यक्ष लेखनाथ खरेल, अतिथि अधिवक्तासरस्वती पंगेनि लगायतकाे उपस्थिति थियो भने संचालन यम कुमारी भुर्तेल र स्वागत मन्तव्य मैना बस्यालले गरेकी थिइन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal