ट्रेन्डीङ्ग

जग्गा दानवीर जोशी परिवार

नारायण सुवेदी,नवलपुर चैत्र १५ ।

आजभोली समाजमा सरकारी तथा सार्वजनीक जग्गा व्यक्तीले हडप्ने खवरहरु सुन्न देख्न पाइरहने समयमा नवलपुरको भागरामा भने जोशी परिवार जग्गा दानवीरको रुपमा भेटीएका छन ।

मध्यविन्दु ६ भागरा निवासी प्रशान्त ध्वज जोशीले मध्यविन्दु नगरपालिका वार्ड नं ६ मा पर्ने करिव ६० लाख रुपैया मुल्य वरावरको २ कठ्ठा १४ धुर जग्गा नगरपालिकाको कार्यालयलाई निशुल्क उपलव्ध गराएका छन । नारायणी नदिको करिव किनार क्षेत्रमा अवस्थीत थारु समुदायको वाहुल्यता रहेको यस क्षेत्रका जनताहरुले वडा कार्यालयको अभावमा सास्ती खेप्दै आईरहेका थिए ।

समुदायको असुविधालाई मध्यनजर गर्दै जोशीले आफ्ना स्वर्गीय आफन्तजनको स्मृतिमा यो जग्गा वडा कार्यालय निर्माणका निम्ती उपलव्ध गराएका हुन ।


वडा कार्यालयको नाउमा नामसारी गरिएको जग्गा धनी प्रमाणपुर्जा देखाउदैे जग्गा निशुल्क प्राप्तीका लागि दाता समक्ष पटक पटक आग्रह गरेको र आज जग्गा प्राप्त भएको वडाध्यक्ष सुर्य प्रसाद न्यौपाने वताउछन ।

जग्गा दाता प्रशान्त ध्वज जोशीको यो योगदानले भागरा क्षेत्रको समग्र विकासमा महत्वपुर्ण योगदान गर्ने मध्यविन्दु नगरपालिका कि उपमेयर श्री ओम कुमारी महतो वताउनुभएको छ । यस जग्गामा छिटै वडाकार्यालय भवन निर्माण गर्ने वडाध्यक्ष सुर्य प्रसाद न्यापौनेले जानकारी दिनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?