
सुनवल।विश्वकै अग्लो दामोदर स्वरुप कृष्ण मुर्ति अवस्थित सुनवल ४ श्रीकृष्ण धाममा श्रीकृष्ण जन्माष्ट्मी पुजा तथा बिबिध सास्कृतिक कार्यक्रमको तयारि पुरा भएको छ।सुनवल सत्मार्ग बहुआयामिक समाज र श्री कृष्णधाम बिकास समितिको संयुक्त आयोजना यहि भदौ ८,९ र १० गते संचालित कृष्ण जन्माष्ट्मी पुजा र बिबिध सास्कृतिक कार्यक्रम राष्ट्रीय तथा अन्तरास्ट्रिय कथा वाचिका सुरक्षा आचार्यले कथा बाचन गर्ने श्री कृष्ण जन्माष्ट्मी पुजा व्यवस्थापन मुल समिती संयोजक मोहन कार्कीले जानकारी दिए । बिश्वकै अग्लो दामोदर स्वरुपमा कृष्णधाममा आगामी दिनमा राष्ट्रिय स्तरको रुपमा श्रीकृष्ण जन्माष्ट्मी मनाउने कार्कीले बताए ।
छलफल कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघ नवलपरासीका अध्यक्ष बिष्णु पौडेलले सबैले आ आफ्नो ठाउँबाट सबैले सहयोग गरेर पुजा समारोहलाई सफल बनाउनु पर्ने बताए।कार्यक्रममा उपस्थितले उद्देश्य पूरा हुने भएकोले उपस्थितिमा ध्यान दिनु पर्ने बताए ।
छलफल कार्यक्रममा बोल्दै बोल्दै सुनवल सत्मार्ग बहुआयामिक समाजका अध्यक्ष तथा प्रमुख अतिथि भिम बहादुर थापाले सुनवलाई राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा चिनाउने उद्देश्यले श्रीकृष्ण जन्माष्ट्मी पुजा समारोह आयोजना गरिएको बताए।कृष्णको मुर्ति सङगै बहुआयामिक ध्यान केन्द्र बनाउने हुँदा यस क्षेत्र प्रदेशलाई नै चिनाउने हुने बताए। त्यसका लागि श्री कृष्णधाम बिकास समिती र सुनवल सत्मार्ग बहुआयामिक समाज मिलेर पुजा ब्यवस्थापन समिती बनेको बताउदै पुजा सफल बनाउनका लागि सबै एक जुट हुनु पर्ने र सिङ्गो सुनवल जुट्नु पर्ने बताए।
महाकवि देवकोटा क्यापसका अध्यक्ष कृष्ण लामिछानेले ३ दिनसम्म चल्ने कृष्ण जन्माष्टमी पुजा सुरुमा कठिन भए पनि परम्परा बसाल्न र पछिका दिनमा समेत महत्व राख्ने उल्लेख गरे।नेपाल घरेलु तथा साना उधोग महासङ्ह लुम्बिनी प्रदेश उपाध्यक्ष उमानाथ पोखरेलले सुनवललाई राष्ट्रीय अन्तर्राष्ट्रिय रुपमा चिनाउनको लागि र पर्यटन प्रवर्द्धनको लागि महत्वपूर्ण भुमिका खेल्ने बताए । उधोग बाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्मचार्यले कृष्णजन्माष्मीमा मात्रै नभई प्रत्येक दिन श्री कृष्णको भजन कृतन र आरती हुनु पर्ने बताए । त्यसकालागी सबै तह तप्काबाट सहयोग गर्नु पर्ने बताए। पुर्व सुकुम्बासी आयोग का अध्यक्ष मनशोभा पाण्डेले पुजा समारोहलाई सफल बनाउन सबैले हातेमालो गर्नुपर्ने बताउदै श्रीकृष्ण सम्बन्धि श्वलोक समेत बाचन गरेकी थिइन्।
कार्यक्रमको समापनमा बोल्दै पुजा ब्यवस्थापन समितीका सल्लाहकार तथा सुनवल नगरपालिका वडा नम्बर १२ का पुर्व अध्यक्ष यामलाल पाण्डेले श्रीकृष्ण जस्तै सालिनता धैर्यता हुनुपर्ने बताए।सुनवलको गौरवको योजनाको रुपमा रहेको बहुआयामिक ध्यान केन्द्र यसै ठाउँमा बन्ने भन्दै पुजा समारोहलाई सफल बनाउ लाग्नु पर्ने बताए।
८ गते शुभारम्भ हुने कार्यक्रमको प्रमुख अतिथी प्रतिनिधि सभा सदस्य धुर्व बहादुर प्रधान र बिशिस्ट अतिथि लुम्बिनी प्रदेश सभा सदस्य खड्ग बस्नेत रहने पुजा व्यवस्थापन समितीले जनाएको छ । ८ गते बिहान ११ बजे कलश यात्रा बाट सुरु हुने पुजा समारोहमा साङ्गितिक प्रवचन सहित महाआरती, भजन कृतन, कृष्णलिला र तिज गित प्रतियोगिता हुने कार्यक्रम संचालक तथा पुजा ब्यवस्थापन समितिका महासचिव मुरली गौतमले जानकारी दिए।