ट्रेन्डीङ्ग

वर्तमान शिक्षा प्रणाली परिवर्तन अपरिहार्य :अध्यक्ष खड्का

अर्घाखाँची । विप्लब नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारी अर्घाखाँचीका जिल्ला अध्यक्ष नवीन खडकाले वर्तमान शिक्षा प्रणालीमा देखा परेका समस्याको हल गर्न विधार्थीहरु एक जुट हुनु पर्ने बताएका छ्न खड्काले संगठन निर्माण तथा बिस्तारगर्ने क्रममा उक्त कुरा बताएका हुन ।

खड्काले वर्तमान शिक्षा नितिले परिवर्तन गरि विद्यार्थीलाइ व्यवसायीक,व्यवाहारिक एवं प्राविधिक शिक्षा निति ल्याउनु पर्ने उक्त शैक्षिक नीति एकीकृत जनक्रान्तिले नै ल्याउने वताए ! संगठनका जिल्ला सदस्य पदम नेपाली जानकारी दिए अनुसार जिल्ला सम्मेलन नजिकिए सगै सगठन निर्माण तथा बिस्तारलाई तिब्रता दिइएको र आज नै ५ वटा इकाई कमिटी गठन गरेको नेपालीले बताए ।

क्रान्तिकारीले आज युवा बर्षा जनता रविचित्र माबीमा कक्षा ११,१२ मा विवेक रायमाझीको अध्यक्षता मा २१ सदस्य मुल एकाई कमिटि गठन गरिएको ,कक्षा ९ मा विवेक गिरि को अध्यक्षता मा ११ सदस्य , कक्षा ९ ख मा सरोज अर्याल को अध्यक्षतामा ११ सदस्य र कक्षा १० मा इन्दिरा बिक को अध्यक्षतामा २३ सदस्य कमिटी गठन गरिएको छ त्यसैगरी अर्घाखाँची बोडिङ्ग मा कक्षा ११,१२ मा मदन घिमिरेको अध्यक्षतामा १३ सदस्य कमिटी गठन गरिएको जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?