ट्रेन्डीङ्ग

अवैध भिओआइपी सञ्चालन गर्ने दुई जना काठमाण्डौबाट पक्राउ

काठमाण्डौ । अवैध अन्तर्राष्ट्रिय आगमन कल बाइपास अर्थात (भिओआइपी)सञ्चालन गरेको आरोपमा प्रहरीले काठमाण्डौबाट दुई जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा सिन्धुपाल्चोकको लिशङ्खुपाखर गाउँपालिका-५ घर भई बनस्थली बस्ने ४० वर्षीय भुपेन्द्र श्रेष्ठ र झापा गौरीगन्ज गाउँपालिका-४ घर भई कपन बस्ने २४ वर्षीय खुमप्रसाद गिरी रहेका छन।

सरकारको कुनै पनि निकायबाट अनुमति नलिई गैरकानुनी रूपमा भिओआइपी सञ्चालन गरिरहेको भन्ने सूचनाका आधारमा नेपाल टेलिकम र एनसेलको प्राविधिक सहयोगमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूमाथि दूरसञ्चार ऐन,२०५३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाण्डौबाट पाँच दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal