ट्रेन्डीङ्ग

पुर्व राज्यमन्त्री रायको धारिलो हतियार प्रयोग गरी हत्या

सर्लाही।सर्लाहीको चन्द्रनगर गाउँपालिका स्थित रतनपुर निवासी पुर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । सोमबार बिहान १ बजेको समयमा चन्द्रनगर गाउँपालिका-१ रतनपुर निवासी ८० बर्षिय पुर्व भुमिसुधार राज्यमन्त्री राय मृत भेटिएका हुन।

टाउकोमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा रायको शव आफ्नै घरमा फेला परेका जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए।

घटना लगतै जिल्ला प्रहरी कार्यलय सर्लाहीबाट प्रहरी उपरीक्षक रविन्द्र बहादुर सिङको नेतृत्वमा प्रहरी टोली घटना स्थल पुगेको छ।घटना स्थलको प्रकृति हेदा बृद्धको हत्या भएको जस्तो देखिएकाले धनुषाको लालगढबाट तालिम प्राप्त कुकुर मगाएर अनुसन्धान सुरु गरिएको प्रहरी उपरीक्षक सिङले बताए।

मधेश प्रदेश प्रहरी कार्यलय जनकपुरका प्रमुख प्रहरी नायव महानिरीक्षक यज्ञ बिनोद पोख्रेल समेतको टोलीले घटना स्थलगत अध्ययन गरिरहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal