ट्रेन्डीङ्ग

ताप्लेजुङमा घाँटीमा प्लाष्टिकको पासो सहित १ महिलाको शव फेला

ताप्लेजुङ ।

ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–३ तिरिङ्गेमा घाँटीमा पासो लगाएको अवस्थामा महिलाको शव भेटिएको छ । घाँटीमा प्लाष्टिकको पा’सो लगाएको अवस्थामा स्थानीय ३६ वर्षिय बिमला बस्नेतको शव भेटिएको हो ।

विहान नानीलाई स्कुल पुर्याउन हिँडेकि बस्नेतलाई बेलुका करिब ९ बजे स्थानीयले मृ’त अवस्थामा देखे पछि प्रहरीलाई खबर गरेका थिए । घटनाका विषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । यता नाताले काका ससुरा पर्ने घनस्याम बस्नेत समेत मृ’त अवस्थामा फेला परेको खबर आएको प्रहरीले जनाएको छ ।

‘स्थानीयद्धारा बिमलाको ह’त्या आसंका गरिएका घनस्याम बस्नेत समेत मृ’त अवस्थामा फेला परेको भनेर खबर आएको छ,पुष्टि भएको छैन, प्रहरीको टोली जाने क्रममा रहेको छ’–ताप्लेजुङ प्र’हरी प्रमुख तथा प्रहरी नायव उपरिक्षक बालनरसिंह राणाले भन्नुभयो । घनस्याम समेत बुधबार दिउँसोदेखि बे’पत्ता रहेका थिए

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?