ट्रेन्डीङ्ग

कृष्ण धाम विकास समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान

सुनवल।कृष्ण धाम विकास समिति सुनवलले एसईई परिक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ। सस्थाले एक कार्यक्रमका बीच रमवापुर क्षेत्रबाट २०८० को एसईईमा उत्कृष्ट नजिता ल्याउने ३ विद्यार्थीलाई सम्मान गरेको हो ।

सामुदायिक विद्यालय तर्फबाट नगरप्रथम छात्रा रमवापुर माध्यमिक विद्यालयकी स्मृति सापकोटा (३.८४ जि.पि.ए.) एवं महाकवि देवकोटा नमुना माध्यमिक विद्यालयका ओशिश ढकाल (३.६९ जिपिए) र सस्थागत विद्यालय तर्फबाट नगरप्रथम सुनवल युनाइटेडका महेश पङ्गेनी (३.८६ जि.पि.ए.) लाई सम्मान गरिएको हो।

सम्मान कार्यक्रम सस्थाका उपाध्यक्ष कुन्ता तिवारीले सन्चालन रहेको कार्यक्रममा नेत्र कला पङ्गेनिको प्रमुख आतिथ्यता रहेको थियो भने रमवापुर माध्यमिक विद्यालय एवं महाकवि देवकोटा नमुना माध्यमिक विधालयका शिक्षकद्वय कृष्णप्रसाद लामिछाने , डिल्लीराम शर्मा र सस्थाका अध्यक्ष यमप्रसाद ढकाल लगायत करिब चालिस जना जेष्ठ नागरिकको उपस्थिति रहेको थियो ।

विद्यार्थीको अबको दिनमा अझ मिहिनेतका साथ आफ्नो रुचिको विषय अध्ययन गरि आगामी दिनमा थप प्रगति गर्दै आफ्नो र सम्पूर्ण सुनवलवासीको उन्नति प्रगतिमा टेवा दिन सके उत्कृष्ट अङ्क आएको बल्ल सार्थक हुने उक्त कार्यक्रममा बोल्ने वक्ताहरूको धारणा रहेको थियो ।

जेष्ठ नागरिक र अपाङ्गताहरुका सवालमा प्रत्यक्ष सरोकार राख्ने कार्यक्रमहरुको आयोजना गर्दै धार्मिक कार्यक्रमहरुमा मात्र सस्था आबद्ध नरहि सामाजिक कार्यहरुमा समेत उत्तिकै उल्लेखनीय कार्य गर्दै आइरहेको अधिकाश उक्त कार्यक्रममा सम्मिलित जेष्ठ नागरिकहरुको भनाइ रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal