ट्रेन्डीङ्ग

नगर स्तरीय अन्तर विद्यालय चित्रकला प्रतियोगिता भुमहिमा सम्पन्न

भुमही।पश्चिम नवलपरासीको भुमहीमा नगर स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । योङ्ग गोर्खालीज क्लबको आयोजनामा भएको सुनवल नगर स्तरीय अन्तर विद्यालय चित्रकला प्रतियोगितामा अरनिकोको माविका मोनु कोहर प्रथम भएका छन।

त्यसैगरी सिस्किन अंग्रेजी बोर्डिङ बडेराकी सृष्टि चौधरी दोस्रो र तेस्रोमा रामनगर एकेडेमीका बिश्व न्यौपाने साथै लुम्बिनी मावी अञ्जली राना चौथो भएकी छन।

प्रतियोगितामा सहभागी उत्कृष्टलाई शिल्ड र प्रमाणपत्रले सम्मान गरिएको थियो।

योङ्ग गोर्खालिज क्लबका अध्यक्ष तपन केवटको अध्यक्षता एवं सुनवल नगर उपप्रमुख सुर्य दुवेको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा सुनवल-१२ का वडा अध्यक्ष चुरामणी पौडेल (दिपक),निवर्तमान अध्यक्ष यामलाल पाण्डे लगायतको उपस्थित रहेको क्लबका बिशाल पौडेलले बताए।

सुनवल नगरपालिका भित्रका १९ माध्यमिक विद्यालयका ३३ जनाको प्रतिस्पर्धा रहेको पौडेलले जानकारी दिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal