ट्रेन्डीङ्ग

दलित समुदायमा भेदभाव हटेन:दलित अघिकारकर्मी

अनिल नेपाली
अर्घाखाँची चैत १२ । दलित समुदायमा भेदभावको स्वरुप परिबर्तन भएपनि रुप परिबर्तन नभएको जिल्लामा क्रियाशिल दलित अघिकारकमीले बताएका छन् ।

रास्ट्रीय दलित आयोगको परिपत्र अनुसार जिल्ला प्रसासन कार्यालय अर्घाखाँचीको समन्वयमा बुधबार जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा प्रमुख जिल्ला अघिकारी विष्णु पौडेलको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै जिल्लामा रहेका दलित अगुवाहरुले यस्तो बताएका हुन्।

अन्तरक्रिया कार्यक्रममा मन्तब्य राख्दै सन्धिखर्क नगरपालिका नगर उपप्रमुख ठाकुर कुमार विक किशोरले सविधानले दिइएको प्रबृद्ध अघिकारबाट दलित समुदाय अझै पनि बन्चित रहेको बताउदै दलित समुदायका समस्याहरु प्रति राज्य जिम्मेबार हुनुपर्ने बताएका थिए।

कार्यक्रममा मन्तब्य राख्दै दलित अघिकारकर्मीका जिल्ला संयोजक विष्णु परियारले जातिय आधारमा अझै पनि विभेद बढेकाले यसको अन्त्यको लागि सबै लाग्नुको विकल्प नरहेको बताउदै सहमतिका आधारमा माया प्रेमका आधारमा बैबाहिक बन्धनमा बाधिए पनि केही समयको अन्तरालमा करणी सम्बन्ध विच्छेदमा मुदाहरु परिणत हुने गरेको बताउदै यसको अन्त्यको लागि सबै लाग्नुको विकल्प नरहेको बताए ।

अन्तरक्रिया कार्यक्रममा दलित अघिकारकर्मी राजेन्द्र नेपाली ,लोकेन्द्र विश्वकर्मा कमल विश्वकर्मा , तारा सुनार सन्जु नेपाली कुल बहादुर नेपाली सञ्चारकर्मी लगायतले कसैलाई पनि आत्मलगानी हिनताबोध भएमा थर परिबर्तन गर्न पाउनु पर्ने थर परिबर्तन गरेको आधारमा आरक्षणबाट बन्चित हुन नहुने थर परिबर्तन गरेर स्वाभिमानी नागरिक बन्न पाउनुपर्ने बताएका थिए ।

अन्तरक्रिया कार्यक्रममा मन्तब्य राख्दै प्रमुख जिल्ला अघिकारी विष्णु पौडेलले जिल्लामा रहेका दलित समुदाय भित्र पर्ने तर दलित आयोगमा सुचिकृत नभएका थर हरुलाई सुचिकृत गर्नेको लागि पहल गर्ने जनगणना २०७८ सार्थक बनाउन लागि दलित समुदायले प्रभाबकारी भुमिका खुल्नुपर्ने बताएका थिए । आगामी २०७८ जेष्ठ मसान्त भित्र आयोगको कार्यालयमा पुग्ने गरी निबेदन पेश गर्न अयोगले सम्बन्धि सबैलाई अनुरोध गरेको छ

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?