ट्रेन्डीङ्ग

विश्व क्षयरोग दिवस:स्वास्थ्य कार्यलय र पत्रकार बीच अन्तरक्रिया

परासी, ११ चैत।पश्चिम नवलपरासीमा जिल्ला स्वास्थ्य कार्यलयले विश्व क्षयरोग दिवस पत्रकार संग अन्तरक्रिया गरि मनाएको छ ।

“संकेत समयको, क्षयरोग अन्त्यको”भन्ने मुलनाराका साथ बिश्व क्षयरोग दिवस जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीका निमित्त प्रमुख कृष्णप्रसाद पोखरेलको अध्यक्षतामा उक्त दिवस अन्तरक्रिया कार्यक्रम गरि भुमहीमा सम्पन्न गरिएको हो।

कार्यक्रममा स्वास्थ्य कार्यालयका निमित्त प्रमुख कृष्ण प्रसाद पोखरेलले क्षयरोग सम्बन्धि बार्षिक प्रतिबेदन प्रस्तुत गर्नु भएको छ। कार्यक्रममा, क्षयरोग स्वासप्रस्वास मार्फत सर्ने सरुवा रोग हो । यसको मुख्य लक्षण खोकी लाग्नु, ज्वरो आउनु, श्वास फेर्न गाह्रो हुने, छाती दुख्नु, खान मन नलाग्नु, तौल घट्नु रहेको छ। क्षयरोग ८० प्रतिशत फोक्सोमा र २० प्रतिशत शरीरको अन्य अङ्गमा लाग्ने गरेको निमित्त प्रमुख पोखरेलले जानकारी दिनु भयो। प्रस्तुत प्रतिबेदनमा चालू आर्थिक बर्षको माघ महिना सम्म २५६ वटा क्षयरोगको रोगी पत्ता लागेको र मृत्यु दर ४% रहेको बताउनु भयो ।

कार्यक्रममा मन्तव्य राख्दै जिल्ला पृथ्वीचन्द अस्पताल नवलपरासीका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मोहम्मद नुरुलहोदाले क्षयरोग सरुवा रोग रहेकाले यसबाट जोगिन ब्यापक सावधानी अपनाउनु पर्ने सिघ्र अस्पतालमा सम्पर्क गरि उपचार सेवा लिन आग्रह गर्दै यो रोग शरीरको जुनसुकै अङ्गमा लाग्न सक्ने र सामान्य खालको क्षयरोग नियमित रुपमा ६ महिनासम्म औषधि खाए निको हुन र औषधी अस्पतालबाट सरकारले नि:शुल्क वितरण गर्दै आएको जानकारी दिनु भयो।
क्षयरोगको ६ महिना नियमित औषधि सेवन गरि निको हुने भएका एक संक्रमितले अनुभव सुनाए !

कार्यक्रममा नेपाल पत्रकार महासंघ अध्यक्ष हरि शर्मा, स्वास्थय कार्यालयका कर्मचारी नारायण भट्टराई लगायतले मन्तव्य राख्नु भयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?