बुटवल।उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई परामर्श दिँदै आईरहेको राइट एण्ड एसोसिएट्स बुटवलले मल्टी डेस्टिनेशन ‘एडमिसन डे’ कार्यक्रम गर्ने भएको छ।एसोसिएट्सले यही जेष्ठ ३ गते (बिहिबार )मल्टी डेस्टिनेशन ‘एडमिशन डे’ कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रम बुटवलको फाईनान्सचोक स्थित आफ्नै कार्यालयमा बिहान १० बजेदेखी ५ बजे सम्म सन्चालन हुने छ । कार्यक्रममा वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरूले निशुल्क रुपमा सहभागिता जनाउन सक्नेछन।
सो कार्यक्रममा सहभागी विद्यार्थीहरूले अस्ट्रेलिया, अमेरिका, क्यानडा, युके, न्युजिल्याण्ड र आयरल्यान्ड, डेनमार्क, साउथ कोरियाका बारेमा शैक्षिक प्रणाली, कोर्ष, छात्रबृत्ति, भर्ना, भिसा तथा आवेदन सम्बन्धी सम्पुर्ण जानकारी लिन सक्ने राइट एण्ड एसोसिएट्स बुटवलका मेनेजर बविता रेग्मीले बताइन ।
कार्यक्रममा सहभागी विद्यार्थीले ८ देशका १५ भन्दाबढी विश्वविद्यालयका प्रतिनीधिसँग प्रत्यक्ष भेटघाट गरी आवश्यक जानकारी प्राप्त गर्न सक्ने उनले बताइन।
बिशेष गरी बैदेशिक अध्ययनमा जान चाहेका र बिदेशको बारेमा जानकारी लिन खोजिरहेका विद्यार्थीहरुलाई उक्त कार्यक्रम निकै फलदायी हुने उनको भनाई थियो।
कार्यक्रममा सहभागीका लागि राइटले विभिन्न प्याकेजको समेत ब्यवस्था गरेको छ । कार्यक्रममा सहभागी हुने विद्यार्थीहरुलाई एक रिजार्ड कार्ड र आईईएलटीएस/पीटीई/टोफल अध्ययनका लागि ५० प्रतिशत छुटको विशेष प्याकेजको ब्यवस्था गरेको हो ।
त्यस्तै राइटले उक्त दिन सहभागी हुने विद्यार्थीहरुलाई ‘लक्की ड्र’ मार्फत फिल्मी टिकट,लुम्बिनी केबल कार टिकट र गिफ्ट हयाम्परहरुको विशेष समेत ब्यवस्था गरेको छ ।
साथै‘एडमिसन डे’मा २५० भन्दा बढी विद्यार्थीहरु सहभागी हुने अनुमान गरिएको छ।बिदेशमा अध्ययन गरेर सीप र ज्ञान हाँसिल गरी देशलाई केही गर्न खोज्ने युवाहरुलाई राइट एण्ड एसोसिएट्सले सही बाटो देखाइरहेको छ।
सन् २००१ मा काठमाडौंबाट सेवा दिन शुरु गरेको संस्थाले बुटवलमा भने सन् २०२१ मा शाखा बिस्तार गरेको हो । संस्थाको बुटवल बाहेक काठमाडौं, पोखरा र चितवन, बर्दघाट, कावोसोतीमा पनि शाखा रहेको छ ।