ट्रेन्डीङ्ग

शिक्षक संघको स्थापनाको अवसरमा नवलपरासीमा अन्तरक्रिया

परासी।पश्चिम नवलपरासीमा नेपाल शिक्षक संघ नवलपरासी जिल्लाले शिक्षक संघको स्थापनामा अन्तरक्रिया र दिप प्रज्ज्वलन गरेर मनाएको छ।नेपाल शिक्षक संघको ३५औं स्थापना दिवसका अवसरमा जिल्लाले गुणस्तरीय शिक्षा सम्बन्धि अन्तरकृया गर्दै नवलपरासीका सातैवटा स्थानीय तहहरुमा गरिएका असल अभ्यासहरुको आदनप्रदान गरिएको हो।

कार्यक्रममा बोल्दै नेपाल शिक्षक संघका निवर्तमान केन्द्रीय सदस्य नेत्रलाल न्यौपाने नेपालमा प्रजातन्त्र आएपछि शैक्षिक बिकासका लागी शिक्षकहरुको आवज बुलन्द गराउन संघको स्थापना भएको बताए।”संघको स्थापना नै शैक्षिक गुणस्तरका लागि भएको हो।देशको शैक्षिक निति र नितिको कार्यन्वयनका लागी संघको महत्त्वपूर्ण भुमिका छ।”

संघका लुम्बिनी प्रदेशकि उपाध्यक्ष सिता शर्माले प्रबिधीयुक्त शिक्षा जरुरी रहेको बताइन।”शिक्षकहरु प्रबिधिमा दक्ष भइ कक्षा शिक्षण गर्दा गुणस्तरीय शिक्षा हासिल गर्न सहज हुने बताइन।

संघका प्रतापपुरका अध्यक्ष खिरिनारायण चौधरी, रामग्रामका अध्यक्ष दयानन्द चौधरी,जनता मा.बिका प्राध्यानाध्यापक राम प्रसाद पौडेल, सहसचिव अर्जुन प्रसाद पाण्डे,सचिब इन्द्र बहादुर चौधरी, अर्थ सचीव कुन्ज विहारी चौधरी,चेतनाथ पौडेल, पशुपति चौधरीलगायतले आफ्नो धारण राख्दै गुणस्तरिय शिक्षाका लागी प्रबिधि उच्चत्तम सदुपयोग, अभिभावकलाई जनचेतना जगाउन, शैक्षिक वातावरणको सृजना गर्ने लगायतका बिषयबस्तुहरुको आदानप्रदान गरेका थिए।

संघका अध्यक्ष भोजराज चापागाईंले शिक्षक संघमा आवद्ध शिक्षकहरु गुणस्तरीय शिक्षाका लागी नया नंया रणनीतिहरु लिइने बताए।”हाम्रो विद्यालय,हाम्रो पहिचान भन्ने नारालाई अभियानको रुपमा विद्यालयहरुमा जाने तयारी रहेको बताए।अब हामीले नवलपरासीका उत्कृष्ट विद्यालय छनोट गरि सम्मान गर्ने चापागाईंले बताए।

३५औं स्थापना दिवसको अवसरमा ३५ वटा नै दिप प्रज्ज्वलन समेत गरिएको छ।कार्यक्रम संघका अध्यक्ष भोजराज चापागाईंको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिब इन्द्र बहादुर चौधरीले गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?