
बर्दघाट।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले आउने आर्थिक बर्ष ०८१/८२ लाई शैक्षिक सुधार बर्षको रुपमा बजेटको प्राथमिकिकरण गरिने जनाएको छ।
सामुदायिक बिद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागि बजेटमै शिक्षालाई प्राथमिकतामा राखेर समेटिने नगरप्रमुख शम्भुलाल श्रेष्ठले बताए।
“हामिले बिद्यालयको भौतिक संरचनालाई मात्रै महत्व दिएका छौ,त्यसैले अब गुणस्तर सुधारका लागी सम्भव भए सम्म अधिकतम बजेट नै छुट्याउने सोचेका छौ”नगरप्रमुख श्रेष्ठले भने।यो पटक भौतिक बिकासलाई मात्र महत्वमा राख्दैनौ।अधुरा रहेका बिधालयका ब्यवस्थापनका लागि प्राविधिक सहितको टोलिले अनुगमन गरी नया आर्थिक बर्ष भित्रमै टुङ्ग्याईने श्रेष्ठले बताए।
भौतिक सम्रचना निर्माण भैसकेका बिद्यालयहरुमा निर्माण बजेट नपठाईने र अत्यावश्यक रहेका बिद्यालयमा मात्र संरचना निर्माणका लागि मात्र बजेट उपलब्ध गराईने जनाईएको छ।वडाहरुलाई अब स्वायत्त बनाईने गरी थप १० करोड रकम बिनोयोज गरीने नगरप्रमुख श्रेष्ठले बताउनु भयो ।वडाको जनसंख्या,भुगोल,उत्पादन,कर संकलनको अवस्था लगायत विभिन्न मापदण्डका आधारमा उक्त रकम पठाइने नगरप्रमुख श्रेष्ठले बताए।
नगरपालिकाले सामुदायिक बिद्यालयको गुणस्तर सुधारका लागि नगरबाट सेवा सुबिधा लिने कर्मचारी,शिक्षक र कर्मचारीहरुले आफ्ना छोरीलाई सामुदायिक बिद्यालयमा अध्ययन गराउनु पर्ने अभियान चलाएको छ।नगरपालिकाका ३७ वटा सामुदायिक बिद्यालयमा झण्डै ११ हजार बिद्यार्थी अध्ययनरत छ्न ।
सङ्घिय सरकारले स्थानिय तहमा पठाईने अनुदान बर्षेनी काटीरहेको अवस्थामा योजना निर्माणमा थप असहजता भएको स्थानिय तहहरुले बताउदै आईरहेका छन ।