
सुनवल।नवलपरासी सेवा समाज युएईले सुनवल ४ स्थित महाकवि देवकोटा नमुना माविमा अक्षयकोष स्थापनाको लागि अक्षरुपी ५१ हजार रुपैयाँ प्रदान गरेको छ ।
विद्यालयमा गरिब तथा जेहेन्दार बिद्यार्थीहरु संख्या दर धेरै भएकोले अक्षयकोष स्थापनाको लागि विद्यालयलाई रकम हस्तान्तरण गरेको नवलपरासी सेवा समाज युएईका अध्यक्ष भुपराज डुम्रेले बताए। साथै अध्यक्ष डुम्रेले सहयोग रकमले थोरै धेरै गरिव जेहेन्दार बिद्यार्थीहरुलाई सहयोग पुग्ने बिश्वास व्यक्त गरे ।
नवलपरासी सेवा समाज युएईले गरेको सहयोग रकम सहि सदुपयोग हुने र यसले शैक्षिक क्षेत्रको प्रगति र उन्नयनको लागि महत्त्वपूर्ण भुमिका खेल्ने विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरि अर्यालले बताए ।
वैदेशिक रोजगारीको लागि युएई पुग्नु भएका दाजुभाइ दिदिबहिनीहरुको सामाजिक सेवामा समर्पित कार्यक्रम सामुदायिक बिधालयहरुको लागि सान्दर्भिक रहेको बिधालयका प्राध्यापक खेमलाल शर्माले बताए ।
अक्षयकोस स्थापनाका लागि रकम हस्तान्तरण कार्यक्रम बिधालय ब्यवस्थापन समिती अध्यक्ष ज्ञान हरि अर्यालको अध्यक्षता तथा नवलपरासी सेवा समाज युएईका अध्यक्ष भुपराज डुम्रेको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा नवलपरासी सेवा समाज युएईका कार्यसमिति सदस्य चोलाकान्त तिवारी,आजिवन सदस्य हेमन्त सापकोटा,लेखनाथ भुसाल,आकाश न्यौपाने,पार्वती न्यौपाने लगायत बिधालय ब्यवस्थापन समिती, शिक्षक अभिभावक संघ, शिक्षक कर्मचारी लगायतको उपस्थित रहेको थियो।समाजले पश्चिम नवलपरासीमा सामाजिक कार्यसहित ७ वटा विद्यालयमा अक्षय कोष स्थापना आर्थिक सहयोग गरेको छ।