ट्रेन्डीङ्ग

कांग्रेस नेता कामु बेलगाम घोडा जस्तै पत्रकारमाथी जाईलाग्दै

परासी।नेपाली काङग्रेस पश्चिम नवलपरासीका जिल्ला सदस्य प्रेम कामुले पछिल्लो समय सञ्चार जगतको खरो रुपमा बिरोध गर्दै आईरहेका छन।सञ्चार माध्यमलाई मात्रै होईन आम पत्रकारीता लाईनै लाल्छना लगाउदै आईरहेका छ्न।सत्ता र शक्तिको आडमा जिल्ला सदस्य कामु यतिबेला पत्रकार प्रती बेलगाम घोडा जस्तै बनेका छन।

पछिल्लो समय पतिनिधी सभा सदस्य बिनोद चौधरीको निकट मानिने कामु खुलेयाम रुपमा आलोचक मात्र होइन पत्रकारको सातो खान खोज्ने हैकमबादी प्रवृत्ती उनमा देखिन थालेको छ ।सामान्य आलोचना समेत सहन नसक्ने कामु पदिय हैसियत नै बिर्सेर तल्लो तहमा झरेर अरुलाई दोषारोपण गर्न पछि परेका छैनन ।जुन कुरा उनले सामाजिक सन्जालमा व्यक्त गर्ने अभिव्यक्तिबाट प्रष्ट देखिन्छ ।

उनको अहिलेको दिनचर्या नै आलोचक हरुको खेदो खन्ने र घुमाउरो शैलिमा पत्रकारहरुलाई धम्क्याउने,मिडिया प्रती खनिने जस्तै बनेको छ ।मानौ उनी साईबर सेना जस्तै कसैको बचाउमा लागिरहेका छ्न ।उनक पछिल्ला अभिव्यक्तिहरुलाई केही राजनीतिकर्मी र पत्रकारहरुले समेत सामान्य आलोचना सहन नसक्नेले राजनीति गर्न नहुने तर्क गर्छ्न ।

उनले अन्य ब्यक्तिहरुले व्यक्त गरेको निजि बिचारमा समेत पत्रकारलाई नै दोष लगाउदै कमेन्ट गरेका छन र केही समयपछि नै ईडिट गरेर पत्रकार भन्ने शब्द हटाएका छ्न ।प्रतिनिधि सभा सद्स्य बिनोद चौधरीको आलोचना गर्नेको उनले चर्को बिरोध गर्न थालेका छन।यद्यपि उनले पत्रकालाई समेत धम्काउन पछि पर्दैनन।उसो त प्रतिनिधि सभा सदस्य बिनोद चौधरीले भने कसैलाई दोषारोपण नगरिरहदा उनका निकट केहि ब्यक्तिले भने आलोचनात्मक चेतलाई समेत बिरोध बुझिरहेको केहिको बुझाई छ ।

कामु स्वार्थ अनुकुल गुट परिवर्तन गरिरहने र सधै पद र प्रतिष्ठामा बस्ने रुचाउने ब्यक्ति भएको उनलाई चिन्नेहरुनै बताउँछन।नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशनमा बिक्रम खनाल टिमबाट जिल्ला सदस्य बनेका कामु निर्वाचन ताका गुट परिवर्तन गरेका थिए।हरेक मन्चहरुमा अरुलाई राजनीतिक सस्कार सिकाउन पछि नपर्ने कामु आफ्नो कमिकमजोरीलाई भने देख्ने गरेका छैनन।

लोकतन्त्रमा स्वस्थ्य आलोचना गर्न पाईन्छ,हरेक सामाजिक र राजनीतिक ब्यक्तिहरुका आलोचक हुनु स्वभाविक हो।तर नेपालि काङ्ग्रेसक बेलगाम घोडा जस्तै कामु यति बेला स्वार्थमा प्रहार हुने डरले आम मिडिया र पत्रकारमाथी नै जाईलाग्ने गरेकोमा पत्रकारहरुले आपत्ती जनाउदै आईरहेका छन ।आम मिडिया कर्मी र पत्रकार हरु समेत पर्ख र हेरमा रहि कानुनी बाटोमा जाने सोचाईमा समेत रहेका छ्न।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?