ट्रेन्डीङ्ग

कालिका क्याम्पसमा तिन दिने शैक्षणिक पद्धति सम्वन्धि कार्यशाला गोष्टि सम्पन्न

वुटवल।वुटवल कालिका क्याम्पसमा तिन दिने शैक्षणिक पद्धति सम्वन्धि कार्यशाला गोष्टि सम्पन्न भएको छ । प्रध्यापकहरुलाई आधुनिक र समय अनुसार शैक्षणिक पद्धति साथै शैक्षिक सिपहरु सँग परिचित गराउने उद्देश्य सहित कार्यशाला गोष्टि गरेकोे क्याम्पसले जनाएको छ।

वुटवल कालिका क्याम्सका अध्यक्ष होम वहादुर गलामीको अध्यक्षता रहेको कार्यशाला गोष्टिमा त्रिभुवन विश्वविद्यालयका प्रध्यापक डा.गंगाराम गौतमको प्रमुख आतिथ्यता र त्रिभुव विश्व विद्यालयका प्रध्यापक लाल वहादुर पुनको विशिष्ट आतिथ्यता रहेको थियो।

तिन दिन सम्म लगातार संचालन रहेको कार्यशाला गोष्टिको सहजीकरण प्रा डा. गंगाराम गौतम र प्रध्यापक लाल बहादुर पुनले गर्नुभएको थियो भने गोष्टिका ४० जना प्रध्यापकहरुको सहभागिता रहेको थियो।

कार्यशाला गोष्टिमा वुटवल कालिका क्याम्पस संगै लुम्बिनी वाणिज्य क्याम्पस, राममणी वहुमुखी क्याम्पस, सिद्धार्थ गौतम वुद्ध क्याम्पस,महकवी देवकोटा क्याम्पस, मणिमुकुन्द कलेज, आदर्श वहुमुखी क्याम्पस, पशुपति कलेज र एम्स कलेजबाट उपस्थिती रहेको कालिका कम्यापसले जनाएको छ।

वुटवल कालिका क्याम्पस विएड संयोजक महेश पाण्डेको स्वागत मतब्य रहेको कार्यशाला गोष्ठिमा क्याम्पस प्रमुख घनश्याम पाठकले कार्यशाला गोष्टिका सहजकर्ता साथै उपस्थित सवैलाई धन्यवाद ब्यक्त गरेका थिए।

कार्यक्रममा वुटवल कालिका क्याम्पसका विविएस संयोजक वुद्धिराम चौधरी, विसिए संयोजक आशिष न्यौपाने,प्रध्यापक कृष्ण पोखरेल लगाएतको उपस्थीति रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal