ट्रेन्डीङ्ग

लुम्बिनीमा सरकार विस्तार,स्वतन्त्र सांसद बस्नेत पर्यटन मन्त्री

सुनवल।लुम्बिनी प्रदेशका मुख्यमन्त्री जाेखबहादुर महराले मन्त्रीपरिषद बिस्तार गरेका छन।नवनियुक्त मन्त्री परिषदमा स्वतन्त्र सांसद खड्ग बस्नेत मन्त्री बन्ने भएका छन।

नवनियुक्त मन्त्री परिषदमा पश्चिम नवलपरासी निर्वाचन क्षेत्र २(१) बाट निर्वाचित स्वतन्त्र सांसद खड्ग बस्नेत पनि मन्त्री बन्ने भएका हुन।उनले पर्यटन उद्योग र सहकारी मन्त्रालयकाे जिम्मेवारी पाउने भएका छन।बस्नेतले माओवादी परित्याग गरी स्वतन्त्र उम्मेदवारी थिए।मन्त्रालयको टुंगो लागेपनि आज बिना बिभागिय मन्त्रीको सपथ खाने छन।

त्यसैगरी लुम्बिनी प्रदेश सरकारमा एमालेले दलका उपनेता चेतनारायण आचार्यकाे नेतृत्वमा सरकारमा पठाउने गरी मन्त्रीहरूकाे नाम सिफारिस गरेकाे छ।आचार्य यसअघि नै मन्त्री नियुक्त भए पनि मन्त्रालयकाे जिम्मेवारी पाएका थिएनन।

मुख्यमन्त्री सचिवालयका अनुसार आचार्यले अर्थ मन्त्रालयकाे जिम्मेवारी पाउने जनाइएको छ ।

एमालेबाट सरकारमा भूमिश्वर ढकाल, दिनेश पन्थी, अर्जुनकुमार केसी र रत्नबहादुर खत्रीलाई मन्त्रीकाे रूपमा पठाउनेगरी नाम सिफारिस गरेकाे एमाले संसदीय दलकाे कार्यालयले जनाएको छ।ढकाललाई सहरी विकास, पन्थीले गृह, केसीले वन तथा वातावरण र खत्रीले सामाजिक विकास मन्त्रीकाे जिम्मेवारी पाउने सहमति भएको बताइएको छ।

यस्तै माओवादी केन्द्रबाट दिपेन्द्रकुमार पुन मन्त्री नियुक्त भइसकेका छन।माओवादीबाट थप एक जना कृष्णा केसी मन्त्री बन्ने बताइएकाे छ।पुनले स्वास्थ्य र केसीले सिँचाइ,ऊर्जा तथा खानेपानी मन्त्रालयकाे जिम्मेवारी पाउने माओवादी केन्द्र संसदीय दलकाे कार्यालयले जनाएकाे छ।

यस्तै जसपाबाट सरकारमा सहभागी भण्डारीलाल अहिरले कृषि तथा भूमि व्यवस्था मन्त्रालयकाे जिम्मेवारी पाउने भएका छन। एकीकृत समाजवादीकि भगवती अधिकारीले बिना बिभागिय मन्त्री सपथ खाने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

नागरिक उन्मुक्ति पार्टीले भाैतिक पूर्वाधार विकास मन्त्रालय पाउने सहमति भएको छ।साे दलभित्र कसलाई मन्त्रीकाे रूपमा पठाउने भन्ने बारेमा छलफल चलिरहेकाे छ ।

मुख्यमन्त्रीमा नियुक्त हुनुअघि दलहरूकाे बीचमा जसपालाई दुई,नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सांसद खड्ग बस्नेतलाई पनि सरकारमा सहभागी गराउने लिखित सहमति भएको थियाे।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?