ट्रेन्डीङ्ग

वनको अतिक्रमण क्षेत्रमा डोजर

सुनवल ।डिभिजन वन कार्यालय पश्चिम नवलपरासीले वन क्षेत्र अतिक्रमण गरेर ब्यवसायिक प्रयोजन गरेका संरचनामा हटाएको छ।सुनवल नगरपालिका -१३ स्थिति बडेरा सामुदायिक वन क्षेत्रमा रहेको व्यवसायिक घरानाकारुपमा परिचित सिदार्थ हार्डवेयरको संरचनामा आज डोजर लगाएको हो । मोतीलाल बहुमुखी क्याम्पसले वनको जग्गा हडपेर भाडामा लगाएको थियो।बडेरा सामुदायिक वनको करिब १ बिघाहा क्षेत्रफल सिद्धार्थ हार्डवेयर प्रालिले करिब २ वर्षदेखि प्रयोग गर्दै आएको सुचना र गुनासोको आधारमा अतिक्रमित क्षेत्र खाली गरीएको डिभिजन वन कार्यालय परासीका निमित्त प्रमुख रबिन्द्रनाथ चौधरीले बताए।

पूर्वपश्चिम राजमार्गसगै जोडिएको जग्गामा भवन निमार्ण गरेर वार्षिक ७ लाख २० हजार क्याम्पसलाई भाडां उपलब्ध गराउने भन्दै पाँच वर्षका लागि लिजमा लिएको थियो। सिद्दार्थ हाड्वयर सहित सुनवल -१ सोमनाथ परिसरमा कब्जा गरि बनाएको संरचना समेत जोडर लगाएको छ । वन क्षेत्र अतिक्रमण गरेर क्याम्पसले लगाएको भाडामा निजी कम्पनीलाई भाडामा लगाएको र पटक-पटक सुचना दिँदा समेत अटेरी गरेपछि वन र प्रशासन कार्यालयले अतिक्रमित क्षेत्र हटाएको हो ।

जिल्लामा अन्य स्थानमा पनि वन क्षेत्र अतिक्रमण भएको र क्रमश हटाउद जाने वन कार्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?