ट्रेन्डीङ्ग

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने पश्चिम नवलपरासीका १०६ खेलाडीलाई विदाई

सुनवल।जिल्ला खेलकुद बिकास समिति पश्चिम नवलपरासीले लुम्बिनी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडीलाई बिदाई गरेको छ।
लुम्बिनी प्रदेश खेलकुद विकास परिषदले चैत ३० गतेदेखि बैशाख २ गते सम्म आयोजना गर्ने प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडीलाई बिदाई गरेको हो।

जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष रितमान कामु मगरको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव(रुदल)को प्रमुख आतिथ्यता बिदाई कार्यक्रममा बोल्दै यादवले जितका लागि अग्रिम शुभकामना दिँदै खेल अनुशासिसत तवरले खेल्दै जिल्लाको खेल उचाईलाई कायम राख्न प्रशिक्षक तथा खेलाडीहरुलाई आग्रह गरेका थिए।
बिदाई कार्यक्रममा सुनवल नगरपालिका शिक्षा शाखा अधिकृत पशुपति भट्टराई,प्याब्सन सुनवल नगर अध्यक्ष कृष्णप्रसाद शर्मा ,जिल्ला खेलकुद बिकास समितिका सदस्य लगायतको सहभागीतामा खेलाडी तथा प्रशिक्षकलाई झण्डा जर्सी सहित खेलकुद सामग्री वितरण गरिएको थियो।
पश्चिम नवलपरासीबाट एथ्लेष्टिमा २२ जना,भलिबलमा २० जना,कबड्डीमा २० जना,करातेमा १२ जना, तेक्वान्दोमा १२ जना ,उसु १२ र आइटिएफ तेक्वान्दो ८,१० जना प्रशिक्षक र ८ जना व्यवस्थापक १२० जना खेलाडी प्रशिक्षक प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने जिल्ला खेलकुद बिकास समितिका उपाध्यक्ष रमेश कर्माचार्यले जानकारी दिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?