
रूपन्देही।लुम्बिनी प्रदेशमा सत्तारूढ दलकाे तर्फबाट नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महरा मुख्यमन्त्री बनाउन बहुमत सांसदहरूले प्रदेश प्रमुख अमिक शेरचन समक्ष दावी पेश गरेका छन।
बिहीबार प्रदेशसभामा मुख्यमन्त्री डिल्ली चाैधरीले राजीनामा दिएर इमेलमार्फत प्रदेश प्रमुखसमक्ष राजीनामा पठाएपछि नयाँ मुख्यमन्त्री नियुक्ति प्रक्रिया अघि बढेको हाे ।
सत्तारुढ दलहरुले माओवादी संसदीय दलका नेता जोखबहादुर महराको नेतृत्वमा नयाँ सरकार गठनका लागि ४४ सांसदको हस्ताक्षर सहित दाबी प्रस्तुत गरेका हुन।आज दावी पेश गरेपछि प्रदेश प्रमुख अमिक शेरचनले महरालाई आजै मुख्यमन्त्री नियुक्ति गर्ने तयारी रहेको छ।
एमालेका २९,माओवादीका १०,जसपाका ३,एकीकृत समाजवादी १ र एक जना स्वतन्त्र प्रदेशसभा सदस्यसहित ४४ जनाको हस्ताक्षर बुझाइएकाे हाे।
नागरिक उन्मुक्तिका ४ प्रदेशसभा सदस्य थपिने गरी कांग्रेस गठबन्धन छाडेका संसदीय दलका नेता धर्मबहादुर चौधरीले भने आन्तरिक विवादका कारण हस्ताक्षर नभएको जनाइएको छ।
माओवादीका महरा,एमाले संसदीय दलका नेता लिला गिरी,जसपाका भण्डारीलाल अहिर,एकीकृत समाजवादीकी दल नेता भगवती अधिकारी र नवलपरासी पश्चिम निर्वाचन क्षेत्र २(१)बाट निर्वाचित स्वतन्त्र प्रदेशसभा सदस्य खड्ग बस्नेतले ७ बुँदे सहमति गरेका थिए।
प्रदेश प्रमुख शेरचनसमक्ष दावी पेश गर्न महरा,गिरीसहितका नेताहरू पुगेका थिए।शेरचनले छिटै कानुनी प्रकृया पूरा गरेर २५ गते मन्त्रीसमेत बनाउने गरि अगाडि बढाउन आग्रह गरेका थिए।