ट्रेन्डीङ्ग

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघद्वारा सुनवललाई ३९ बुद्दे मागपत्र

सुनवल।सामुदायिक विद्यालयको शैक्षिक तथा भौतिक सुधारका लागि सामुदायिक विद्यालय व्यस्थापन समिति महासंघ सुनवल नगर समितिले नगरपालिकालाई ३९ बुद्दे मागपत्र बुझाएको छ। सामुदायिक विद्यालयको सुधारका लागि विभेद रहित बजेट वितरण,समय सापेक्ष श्रम र सीपयुक्त शिक्षामा जोड दिदै विभिन्न ३९ बुद्दे माग सहित ज्ञापन पत्र बुझाएको महासघ नगर अध्यक्ष ज्ञानहरी अर्यालले बताए।

ज्ञापनपत्र बुझ्दै नगर प्रमुख बिमला अर्यालले शैक्षिक सुधारका लागि मागहरु महत्त्वपूर्ण रहेको बताउदै नगर शिक्षा समिति पुरा गरि आगामी दिनमा योजना बद्द् रुपमा निणर्य गरेर कार्यान्वनमा ल्याउने र आर्थिक हैसियत अनुसार शैक्षिक क्षेत्रमा लगानी गर्ने बताइन।

महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष सुर्य न्यौपाने, नगर अध्यक्ष ज्ञानहरी अर्याल,सामुदायिक विद्यालय व्यवस्थापन समितिका सदस्य लगायको उपस्थितिमा ज्ञापनपत्र बुझाएको नगर सचिव दिपक रानाले जानकारी दिए।
यस्तो छन् माग हरु :
१. सामुदायिक विद्यालयका शिक्षक सरुवा ÷पदस्थापन समेत चैत्र २५ गतेभित्र गरिनुपर्ने । शैक्षिक सत्रको बिचमा नगरिने व्यवस्था मिलाईनुपर्ने।
२. प्रत्येक विद्यालयको तहगत प्र.अ.-शिक्षक व्यवस्थापन
३. क्त्च् ÷दरबन्दि मिलान पुन गरिनुपर्ने ।
४. नगरपालिका भित्रका सबै ११÷१२ संचालित सामुदायिक तथा संस्थागत विद्यालयहरु दिवाकालिन एकरुपतामा संचालन गर्ने व्यवस्था हुनुपर्ने ।
५. नगरपालिका भित्र सबै विद्यालयको विद्यार्थी र शिक्षकहरुको पोशाकमा एकरुपताको लागि नगरपालिका दायित्व सहित प्रक्रिया सुरु गर्नुपर्ने ।
६. मेयर÷उपमेयर छात्रवृत्ति विद्यार्थी संख्याको आधारमा सवै विद्यालयलाई उपलब्ध गराईनुपर्ने ।
७. नगरपालिका बाट जारी भएको निर्देशन सामुदायिक विद्यालयमा अनिवार्य भर्ना (राज्यश्रोतबाट पारिश्रमिक लिने र जनप्रतिनिधिका छोराछोरी कडाईका साथ कार्यान्वयन गराउने ।
८. विद्यार्थीहरुको दिवाखाजा रकम बृद्धि गर्दै रु.२५(१५+१०) उपलब्ध गराईनुपर्ने ।
९. प्रत्येक विद्यालय सँग कार्यसम्पादन सम्झौता नगर शिक्षा शाखाले गरि नियमन र अनुगमनलाई प्रभावकारी गराउदै पृष्ठपोषण गराइनुपर्ने ।
१०. नगरले उपलब्ध गराउने शिक्षण अनुदान रकम तहगत रुपमा राज्यले तोके अनुरुप पारिश्रमिक दिईनुपर्ने ।
११. शिक्षण सिकाई अनुदानमा एकरुपता बनाई नगरपालिकाद्धारा विद्यालयमा उपलब्ध गराइनुपर्ने ।
१२. सबै संस्थागत तथा सामुदायिक विद्यालयहरुले छात्रवृत्ति पारदर्शि रुपमा उपलब्ध गराउनुपर्ने
१३. बार्षिक रुपमा उत्कृष्ट शिक्षक छनौट सूचक निर्धारण गरि तहगत रुपमा १÷१ जना शिक्षकहरुलाई पुरस्कृत गरिनुपर्ने ।
१४. शःसर्त अनुदानमा लागत साझेदारी तथा कन्टिन्जेन्सी काट्ने व्यवस्था हटाईनुपर्ने ।
१५. बालबालिका सँग सम्बन्धित बालमैत्रि कार्यक्रमहरु विद्यालयसित जोडेर गरिनुपर्ने ।
१६. शिक्षक कर्मचारीहरुको पारिश्रमिक मासिक रुपमा उपलब्ध हुनुपर्ने ।
१७. ७ बर्ष भन्दा माथि एकै स्थानमा सेवा गरेका शिक्षकको अनिवार्य सरुवा हुनुपर्ने ।
१८. आगामि आर्थिक वर्षमा शिक्षा क्षेत्रको विकासको लागि प्रशस्त बजेट विनियोजन गरिनुपर्ने र समानुपातिक वितरण गरिनुपर्ने ।
१९. संभाव्यता र आवश्यकताको अध्ययन गरेर मात्रै विषयगत अध्यापन अनुमति दिनुपर्ने ।
२०. विद्यालयको नियमित अनुगमन तथा सुपरिवेक्षण गरि आवश्यक पृष्ठपोषण प्रदान गरिनुपर्ने ।
२१. नियमित रुपमा वि.व्य.स, प्र.अ. एवं शिक्षक कर्मचारीहरुको क्षमता अभिबृद्धि, अभिमुखिकरण तालिमको व्यवस्था गरिनुपर्ने ।
२२. उत्कृष्ठ विद्यालय छनौट एवं नगर नमुना विद्यालय बिकास योजना अगाडी बढाउनुपर्ने ।
२३. प्राविधिक धारतर्फ संचालित विद्यालयमा विद्यार्थीहरुलाई पढ्न प्रोत्साहित गर्दै आवश्यक व्यवस्थापन गरिनुपर्ने ।
२४. एक शिक्षक एक ल्यापट ७०÷३० कार्यक्रम लागु गर्नुपर्ने ।
२५. माध्यमिक तहसम्म संचालित विद्यालयहरुमा एक जना खेलकुद शिक्षक र एक जना स्वास्थ्य शिक्षक (नर्स) को व्यवस्था गर्दै जानुपर्ने ।
२६. सामुदायिक विद्यालय प्रति आकर्षण पैदा गराउन समुदायमा अभिभावक सचेतना कार्यक्रम व्यवस्था हुनुपर्ने
२७. शुक्रबारे कार्यक्रम अन्र्तगत द्यययप ँचभभ अवधारणा कार्यान्वयन गर्न उचित बैकल्पिक निति बनाईनुपर्ने
२८. राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालनको लागि पर्याप्त बजेट विनियोजन गरिनुपर्ने ।
२९. पालिका भित्र एक आबासिय विद्यालय संचालनको व्यवस्था गर्नुपर्ने ।
३०. काज सरुवा भएका शिक्षकहरुको ६ महिना भित्र संम्बन्धित विद्यालयमा पदस्थापन गरिनुपर्ने ।
३१. गुणस्तर सुधारका लागि पुस्तक छनौट समिति छनौट गरेका ०—५ सम्मको पुस्तकको थप शुल्क नगरपालिकाले व्यवस्था गरि चैत्र मसान्त भित्र निशुल्क उपलब्ध गराउने उचित प्रवन्ध मिलाइयोस ।
३२. समय तथा पाठ्यक्रममा आएको परिवर्तन अनुसार शिक्षक तालिमको व्यवस्था गर्ने ।(शिक्षकहरुको परामर्शमा तालिमको प्रकार छनौट गर्ने ।)
३३. स्थानिय तहका कर्मचारीहरुलाई नगरपालिकाले थप सुविधा उपलब्ध गराउदा(जस्तै खाजा खर्च,स्थानिय भत्ता…….. ) शिक्षकहरुलाई पनि उपलब्ध गराउनुपर्ने ।
३४. विद्यालयको भौतिक अवस्था अवलोकन गरी आवश्यक सामग्री उपलब्ध गराउनुपर्ने ।
३५. नेपालको संविधानमा उल्लेख भएअनुसारको क्रमागत निःशुल्क गर्दै लानुपर्ने ।
३६. विद्यालयमा रहेका सवारीसाधनको नियमित व्यवस्थापनका लागि नगर अनुदानको व्यवस्था हुनुपर्ने ।
३७. बार्षिकरुपमा विद्यालय व्यवस्थापन समिति, प्र.अ एवं शिक्षक तथा कर्मचारीहरुको शैक्षिक अवलोकन भ्रमणको व्यवस्था गर्नुपर्ने ।
३८. उच्च शिक्षा अध्ययन र सुनवल नगरपालिका भित्र सोध कार्य तयार गर्ने विद्यार्थीहरुका लागि न्यूनतम पचास हजार उपलब्ध गराउनुपर्ने ।
३९. हरेक विद्यालयमा नियमित मर्मत खर्च, बिजुली, पानीको शुल्क भुक्तानीको व्यवस्था नगरबाट हुनुपर्ने ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?