ट्रेन्डीङ्ग

शैक्षिक संगै व्यवहारिक र प्रयोगात्मक ज्ञानलाई जोड दिनुपर्छ:क्याम्पस प्रमुख पाठक

बुटवल । वर्तमान समयमा शैक्षिक संग संगै व्यवहारिक र प्रयोगात्मक ज्ञानलाई जोड दिनुपर्ने वुटवल कालिका क्याम्पसका क्याम्पस प्रमुख घनश्याम पाठकले बताए।

स्नातकतह समाजिक कार्य अध्ययनरत विद्यार्थीहरुको क्लव गठनका लागी भेला भएका विद्यार्थीहरुको समुहलाई सम्वोधन गर्दै क्याम्पस प्रमुख पाठकले समाजिक कार्य अध्ययनले वास्तविक सामाजिक रुपान्तरण गर्न महत्वपुणर् भुमिका निर्वाह गर्ने हुदाँ सोहि अनुसार शैक्षिक ज्ञानलाई व्यवहारिक रुपमा परिर्वतन गर्नु पर्ने बताए ।

वास्तबमा क्लव गठन औपचारिकतामा मात्र सिमित नरहि विद्यार्थीका मुल्य र मान्यतालाई आत्मसाथ गदै रचनात्मक र सिर्जनात्मक तरिकाले आगडी वढ्नुपर्ने बताउदै क्यापसले आवश्यक सहयोग गर्ने क्याम्पस प्रमुख पाठकले बताए।

 स्नातक तह प्रथम, दोस्रो र तेसा्रे वर्षका विद्यार्थीहरुको भेलाले नविन अर्यालको अध्यक्षतामा ९ सदस्यीय समिति रहेको विएसडब्लु क्लव अफ विकेसी गठन गरेको छ । जसको उपाध्यक्षमा समिक्षा खत्रि, प्रशान्त जिसि, सचिवमा ममता कार्कि, कोषाध्यक्षमा मौसमी भट्राई र सदस्यहरुमा रेनिशा श्रेष्ठ, लोकेन मगर, नविन ज्ञवाली र प्रतिज्ञा पौडेल रहेका छन् ।

नवगठित क्लवलाई वद्याई तथा सुभकामना दिदै क्याम्पसका विएविएस/विएड संयोजक महेश पाण्डेले जुन उद्देश्यका साथ क्लव गठन भएको छ सोहि अनुसार आगाडि वढ्नु पर्ने बताए ।

वास्तममा क्लवले क्याम्पसको गरिमा वढाउने गरि काम गर्ने विश्वास संयोजक पाण्डेले ब्यक्त  गरे । क्लव गठनको लागी विद्यार्थीहको भेलामा प्रध्यापकहरु गणेश पुन, शंकर पंन्थि, दिनेश लम्साल, निहारिका आर्चाय, दिनेश लम्साल, पुनाराम पाण्डे, संजय खड्का लागएतको उपस्थीति रहेको थियो । बुटवल कालिका क्याम्पसमा विएविएस डब्लु, विएड, विविएस,विसिए र स्तातकोत्तर तहमा एम ए ग्रामिण विकास विषय पठनपाठन हुदै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?