ट्रेन्डीङ्ग

मेचीकाली दौड अभियानका धावक अधिकारी १२ औ दिनमा नवलपरासीमा,दारी ग्याङद्वारा स्वागत सम्मान

सुनवल।मेची महाकाली दौड अभियानका जीवनाथ अधिकारी १२ औ दिनमा पश्चिम नवलपरासी आइपुगेका छन।स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नारासहित दौड अभियानमा रहेका बुद्धशान्ति गाउँपालिका झापाका मुख्य धावक अधिकारी आइतबार आइपुगेका हुन।

२२ औं दिनमा कार्यक्रम समापन गर्ने लक्ष्य सहित हरेक दिन ५० किलोमिटर दौडने कार्यतालिका रहेको धावक अधिकारीले जानकारी दिए।धावक अधिकारि आज बुटवलमा बास बस्ने छन।सोमाबर बुटवल बाट महाकालीको यात्रालाई निरन्तरता दिने बताए।

दौड अभियान्ता अधिकारीलाई सामाजिक कार्यमा सक्रिय युवा हरुको समूह दारी ग्याङले नवलपरासीको भुताहमा स्वागत गरेको छ ।दारी ग्याङ लुम्विनी प्रदेशका सह संयोजक तथा नवलपरासीका अध्यक्ष प्रदिव अर्याल र धावक जीवननाथ अधिकारीलाई स्वागत सम्मान गरेको नवलपरासीका सचिव यमन भण्डारीले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?