ट्रेन्डीङ्ग

जनकल्याण बहुउद्देश्यीय सहकारी सस्था लि.ले भित्तेपात्रो लोकार्पण गर्‍यो

सुनवल।जनकल्याण बहुउद्देश्यीय सहकारी सस्था लि.सुनवल ६ बिसासयले भित्तेपात्रो लोकार्पण गरेको छ।

सस्थाका गतिविधिहरु, सुनवल भित्र रहेका ऐतिहासिक तथा धार्मिक महत्वका ठाउँहरु र पुर्व संचालकहरुको फोटो साथै नाम समाबेश गरि २०८१ को भित्तेपात्रो लोकार्पण गरेको सस्थाका अध्यक्ष दयाराम भण्डारीले बताए।

सस्थामा रहेर योगदान गर्नुहुने पुर्व अध्यक्ष,उपाध्यक्ष, सचिब,कोषाध्यक्ष,सदस्य र पुर्व लेखा समितिमा रहनुहुने सम्पूर्णलाई भित्तेपात्रोमा सम्मान स्वरुप समेट्ने कोसिस गरेको उपाध्यक्ष पदम काफ्लेले बताए।


लोकार्पण कार्यक्रममा सस्थाका सस्थापक अध्यक्ष रुकमागत बस्याल,पुर्वसंचालक तथा सुनवल नगरपालिका वडा नम्बर ६का वडाध्यक्ष हिमलाल शर्मा चापागाईं लगायतले सस्थाले संचालन गरेका गतिविधिले वास्तविक सहकारीको मर्मलाई सम्बोधन गर्ने तर्फ उन्मुख भएको भन्दै शुभकामना व्यक्त गरेका थिए।

लोकार्पण कार्यक्रममा पुर्व संचालक, सल्लाहकारहरु, बर्तमान संचालक,कर्मचारीहरु उपस्तिथि रहेको सस्थाका सचीव ओमकान्त तिमिल्सिनाले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?