ट्रेन्डीङ्ग

नौ बर्ष देखि लगातार दुध दिने गाइ

प्रीसा बस्नेत चैत ९ ताप्लेजुङ ।ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका का जनक खड्काले पालेको साँखु गाईले नौ बर्ष देखि सुत्केरी नभैकनै लगातार दूध दिइरहेको छ।

१६ बर्ष अघि २०६१ सालमा पहिलो पटक सुत्केरी भएको थियो त्यसपछी २०६९ सालमा सुत्केरी भएको गाई अहिले सम्म सुत्केरी भएको छैन तर दूध भने लगातार दिइनै रहेको खड्का बताउनु भयो ।अहिले सम्म गोरुनी खोजेको छैन दूध पनि दिइनै रहेको छ दैनिक ४ लिटर दूध दिने गर्छ ।

साँखु गाईले दिउँसो बाल्टी बोकेर गएपनी फाचोमा भएको दूध दिइरहन्छ बिहान बेलुकी त दिनैहाल्छ उनले भने ,छोरा सानो थियो दिउँसो चराउन बेसिँको जङ्गलमा लैजान्थो त्यो बेला दिउसो दोएर पनि खादो रहेछ त्यै भएर होला वा किन हो फाचामा भएको दूध गाईले जतिबेलै दिनैरहन्छ खड्का बताउछन । दूध कम आए बाक्लो र बढी आए पातलो हुने गरेको उहाँले बताउनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?