ट्रेन्डीङ्ग

परासीमा राप्रपाको प्रदर्शन

परासी।राष्ट्रिय प्रजातन्त्र पार्टीले परासीमा जनप्रदर्शन सहित बिरोधका कार्यक्रम गरेको छ । विद्ममान समस्या, बेथिती र बिसंगतीका विरूध्द राप्रपा नवलपरासीले जनप्रदर्शन तथा विरोध कार्यक्रम गरेको हो ।

प्रदर्शन कार्यक्रम विभिन्न नारा लगाउदै जिल्ला पार्टी कार्यालयबाट सुरू भई मालपोत कार्यालय हुँदै बुध्दचोकबाट घण्टाघरमा पुगेर कोणसभामा परिणत भएको थियो।

कोण सभालाइ सम्बोधन राप्रपाका बरिस्ठ उपाध्याक्ष समेत रहेका पुर्व कानुन मंत्री तथा प्रतिनिधि सभा सदस्य धुर्व बहादुर प्रधानले विधुतको जरिवाना मिटरब्याज भन्दा चर्को भएकोले विधुतीय जरिवान घटाउन पर्नेमा वताए।

प्रधानले बैंकिङ ब्याजदर एकल अंकमा कायम गरि सेवा प्रवाह गर्नुपर्ने जोड दिएका थिए।

त्यसै रामग्राम नगर उपप्रमुख सम्झना चौधरीले आफु स्थानीय जन पनि जनप्रतिनिधी भएकाले लोकल ईस्युहरूमा आफुलाई पनि खबरदारी गर्न आग्रह गरिन।

लुम्बिनी प्रदेशले देशमा एकपछि अर्को बेथिती देखा परिरहेकाले त्यसका निम्ति लड्न सबैको साथ सहयोग आवश्यक रहेको बताए।

जनप्रदर्शन सानो आगोको झिल्को मात्र भएको र जनताको आधारभुत समस्या समाधानतर्फ उन्मुख नभए आन्दोलनका  कार्यक्रम अगाडि बढाउने राप्रपा जिल्ला कार्यबाहक अध्यक्ष रामु पराजुली (रामजी बाबु)ले बताए।

कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य देवी घिमिरे, लुम्बिनी प्रदेश उपाध्यक्ष मनोहर रायमाझी लगायत ७ वटै पालिकाका कार्यसमिती, भातृसंगठनका करिब २ हजार बढी नेता-कार्यकर्ताहरू विभिन्न नारा लेखिएका पम्पलेट सहित उपस्थित रहेको राप्रपा जिल्ला प्रवक्ता सन्तोष पाण्डेले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?