
परासी । पश्चिम नवलपरासीको पाल्हिनन्दनबाट प्रहरीले १ सय ४९ बोरा चिनी बरामद गरेको छ । बुधबार दिउसो प्रहरीले पाल्हिनन्दन ५ गेर्मामा छापा मार्ने क्रममा एक सय ४९ बोरा चिनी बरामद गरेको हो ।
५ लाख ९६ हजार बराबरको चिनी सोमै गौँडले संचालन गरेको गुलसन नितलेश राइस मिल उधोगको गोदाममा भण्डार गरि राखिएको चिनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारि सुदर्शन पन्थीले जानकारी दिए।
बरामद गरिएको चिनी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवल,रुपन्देहीमा पठाइएको प्रहरीले जनाएको छ।
भारतबाट अवैध रुपमा भित्र्याई सो स्थानमा भण्डारण गरि विक्रि गर्ने गरेको पाईएको छ।
खुल्ला सिमानाको फाईदा उठाउदै नवलपरासीबाट चिनी,चामल,धान,केराउ लगायतका खाद्य समाग्रीको तस्करी हुने गरेको छ।