ट्रेन्डीङ्ग

डिआर गौतमको शब्द संगितमा”हाम्रो गाउँ कटारी” म्युजिक भिडियो सार्वजनिक

नवलपरासी। डिआर गौतमको शब्द र संगीतमा रहेको गीत ‘हाम्रो गाउँ कटारी’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

डिआर गौतमको शब्द र संगीतमा  चर्चित गायक राजेशपायल राई र गायिका लक्ष्मी पुरी प्रधानको स्वरमा दिएका छ्न भिडियोमा साजन कट्टेल र नेपालीको टिकटक क्विन यशोदा कोइरालाको अभिनय रहेको छ ।

कटारी क्षेत्रका भूगोल, पर्यटन, कला संस्कृतिको पहिचानलाई यस गीतबाट चर्चा गरिएको छ । गीतको संगीत संयोजन भने राजु कार्कीले गरेका छन् । गीतको सहनिर्देशन प्रकाश दिप तिमल्सिनाले गरेका छन् ।

शंकल भुजेलको छायाँकन रहेको यस गीतको भिडियोको सम्पादन अर्जुन खड्काले गरेका छन् । भिडियोको कोरियोग्राफ र निर्देशन भने सुमोद भारद्वाजले गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?