ट्रेन्डीङ्ग

बर्दघाट मेला रोक्न व्यवसायी सहित विभिन्न सस्थाको माग(ज्ञापनपत्र सहित)

बर्दघाट।बर्दघाट उद्योग बाणिज्य संघ बर्दघाटले बर्दघाटको हरियाली नगरमा फाल्गुन १७ देखि २९ गते सम्म सञ्चालन गर्न थालेको औद्योगिक व्यापार मेलाको बिरोधमा ब्यवसायीहरुले मेला रोक्न माग गर्दै आपत्ति जनाएका छन ।

विभिन्न कारण र धारणा सहित असन्तुष्ट ब्यवसायिहरुले मेला लगाउन हुदैन भन्ने पक्षका सात सय ब्यवसायीको हस्ताक्षर सहित बर्दघाट नगर प्रमुख समक्ष ज्ञापनपत्र बुझाएका छन।

यसै गरी नगरभित्रका बिद्यालयहरुमा कक्षा ८ को आन्तरिक परीक्षा चलिरहेको र एसईई समेत नजिकै आईरहेको अवस्थामा मेलाले बिद्यार्थीको ध्यान मेलातर्फ आकृष्ट हुने हुदा पठनपाठनमा असर पर्ने भन्दै सामुदायिक बिद्यालय महासंघ बर्दघाट नगर समितिले समेत ज्ञापनपत्र बुझाएको छ।

आर्थिक मन्दिको अवस्थामा स्थानीय पुजि समेत पलायन हुने भन्दै मेला सन्चालनको उपयुक्त समय नभएको ब्यवसायीहरुले बुझाएको बिज्ञप्तिमा उल्लेख गरिएको छ।

ब्यवसायिको ज्ञापनपत्र बुझेपछि बर्दघाट नगरपालिकाले मेला संचालनका लागि भएका निर्णय र क्रियाकलापहरुको लिखित कागजात माग गर्दै मेलाको तयारीलाई स्थगित गर्न बर्दघाट उद्योग बाणिज्य संघलाई पत्राचार गरेको छ।

शुक्रबार बिहान सबै ब्यवसायी बिच छलफलका लागि बोलाईएको नगरप्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिए ।सर्वपक्षीय छलफल नगरी मेलाको आयोजना गरिएको ब्यवसायिको आरोप छ ।

बर्दघाट उद्योग बाणिज्य संघ बर्दघाटले भने केही दिन अगाडि पत्रकार सम्मेलन मार्फत मेला सञ्चालन हुने जनाएको छ।केही फेन्सी व्यवसायीहरु मात्र मेला प्रती असन्तुष्टि रहेको संघका अध्यक्ष लेखनाथ न्यौपानेले पत्रकार सम्मेलन मार्फत जानकारी गराएका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal