ट्रेन्डीङ्ग

राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिताको उपाधि कोटेश्वर-बानेश्वर शाखालाई

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालद्वारा आयोजित ७ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता २०८० सम्पन्न भएको छ। प्रतियोगितामा २०८० को उपाधि कोटेश्वर-बानेश्वर शाखाले पाएका छन्। ३ लाख नगद रुपैयाँ, रनिङ शिल्ड, मेडल र प्रमाणपत्र पाएका छन् । यस्तैगरी द्वितीय कोरिया शाखा समूह भएको छ २ लाख रुपैया नगद मेडल र प्रमाणपत्र पाएका छन।

कोटेश्वर-बानेश्वर समूहबाट दीलिप थापा र  बिमा अनुरागीले थिए भने कोरिया शाखा समूहबाट टेकराज भण्डरी र तारा थापाले भाग लिएका थिए।

तृतीय स्थानको जापान शाखाले जित हासिल गरेका छन । १ लाख नगद रुपैयाँ, मेडल र प्रमाण पाएका हुन्। सन्त्वना स्थान अनामनगर समितिले ५० हजार नगद मेडल र प्रमाणपत्र पाएका छन।

यस्तै तृतीय स्थान जापान शाखाबाट निशान्त विक र  सविता परियार थिए भने सन्त्वना स्थान अनामनगर समितिमा दीपक बानियाँ र सविता परियारले सहभागिता जनाएका थिए।

यसैगरी गायक सुमन खड्काले उत्कृष्ठ गायक र उत्कृष्ठ गायिकामा तिर्सना बुढाथोकीले पाएकी हुन्। उनीहरुले २५ हजार नगद र प्रमाणपत्र पाएका छन् ।

फागुन ५ गते देखि सुरु भएको प्रतियोगितामा ४८ समूहको भाग रहेको थियो। कार्यक्रम भव्यताका साथ धादिडं चरौदीमा समापन भएको हो। विजेतालाइ स‌ंस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले पुरस्कार वितरण गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?