ट्रेन्डीङ्ग

वालिङमा गोलासहित मौरीको घार वितरण

तोलाकान्त बगाले
वालिङ, ८ चैत ।
कृषि विकास स्रोत केन्द्र वालिङले ३० जना ब्यवसायिक कृषकहरुलाई ५० प्रतिशत अनुदानमा गोलासहितको मौरीको घार वितरण गरेको छ । स्रोत केन्द्रले आईतबार मौरीपालन सम्बन्धी आधारभूत प्रशिक्षण सहित गोलासहितको मौरी घार वितरण गरेको हो ।

कार्यक्रममा स्रोत केन्द्रका प्रमुख बाली विकास अधिकृत सुदीप रेग्मीले केन्द्रले मौरी, रेशम विकास, च्याउका क्षेत्रमा काम गर्दै आएकोमा आगामी आर्थिक वर्षदेखि यी कार्यक्रमलाई निरन्तरता दिंदै थप कार्यक्रमकोरुपमा खाद्यान्न बाली र तरकारी बालीको बीउ उत्पादन सम्बन्धी काम गर्ने बताउनुभयो ।

कृषकहरुलाई निर्वाहमुखी परम्पराबाट व्यवसायिक उत्पादनमा आकर्षित गर्नका लागि केन्द्रबाट आवश्यक तालीम, प्राविधिक ज्ञानका साथै अनुदानमा विभिन्न कार्यक्रमहरु गर्दै आएको प्रमुख रेग्मीले बताउनुभयो । कार्यक्रममा ३० जना कृषकहरुलाई प्रशिक्षण सहित गोलासहितको मौरीघार वितरण गरिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?