ट्रेन्डीङ्ग

उत्कृष्ठ रचना, सुमधुर भाका संगै फिल्मी शैलिमा बन्यो “गोर्खे खुकुरी”

काठमाडौ।निश्चल दवाडी र शान्ति श्रि परियारको आवाजमा “गोर्खे खुकुरी”बजारमा आएको छ।दवाडीकै शब्द संगीतमा गीत तयार भएको हो।

गीतमा लोमश शर्मा, सन्चिता बोलाखे,अभिशेक खड्का, विना राउत,अस्मिता बस्नेत,अर्जु न्यौपाने,विमला खजुम लिम्बु लगायतको अभिनय गरेका छन।

गीतका निर्माता/प्रस्तुतकर्ता काइन्ड किरन हुन्। भिडियोको निर्देशन मोडल लोमश शर्माले गरेका हुन्।

गीतको भाका र शब्द रचनामा मिठासपन छाएको छ। सुन्दा पनि मिठो सुनिने र हेर्दा पनि आनन्द आउने बनेको छ। भिडियो फिल्मी शैलीमा तयार भएको छ।

फरक अनि उत्कृष्ठ दृश्य संगै गीत बजारमा दौडिरहेको छ।बुद्द थापाको छायांकन,अमृत चापागाईको सम्पादनमा रहेको भिडियो शर्माकै युटुववाट विश्वभर सार्वजनिक भएको हो।

भिडियो हेर्नु होस : 

https://youtu.be/SucnFiEKJjM?si=tBJ111qmfDDmmVuU

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?