ट्रेन्डीङ्ग

महासंघको निर्वाचन प्रक्रिया सुरु, आज मतदाता नामावली प्रकाशन हुने

चैत ८ नवलपरासी । नेपाल पत्रकार महासंघको चुनावी प्रकृया आजदेखि शुरु हुदैछ। यहि चैत २५ गते हुने निर्वाचनको प्रकाशित तालिका अनुसार आज मतदाता नामावली प्रकाशन गरिँदैछ।

आज बेलुकी सवा ५ बजे सम्ममा मतदाता नामावली प्रकाशन गरिने केन्द्रीय निर्वाचन समितिले जनाएको छ। हरेक निर्वाचनमा झैं यो पटक पनि महासंघमा सदस्यताको विवाद कायम रहेको छ।
गैर पत्रकारलाई सदस्यता वितरण गरिएकोलायतका विषयमा विवाद आएपछि अहिले बिहान पत्रकार संघ संगठनहरुको आन्तरिक छलफल चलिरहेको बताइएको छ। महासंघको संशोधित विधानअनुसार यसपटक जिल्ला, प्रदेश र केन्द्रको एकैदिन चुनाव हुदैछ।

सबै साधारण सदस्यले जिल्ला, प्रदेश र केन्द्रका सबै पदाधिकारी एवं सदस्यका लागि मतदान गर्न पाउने छन्। मतदान आफू सदस्य रहेको शाखामै गर्न पाइनेछ। आज मतदाताको मतदाता नामावली प्रकाशन गरेपछि त्यस उपर दाबी विरोध भोलि दिउँसो साढे १२ बजेदेखि चैत १० गते दिउँसो साढे १२ बजेसम्म गर्न पाउने तालिका छ। यस्तै मतदाताको अन्तिम नामावली भने चैत ११ गते दिउँसो ४ बजे प्रकाशन गरिने छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?