ट्रेन्डीङ्ग

नवलपरासीका विभिन्न तिन स्थानबाट बिद्युत ट्रान्सर्फमर चोरी

परासी । पश्चिम नवलपरासीका विभिन् तिन स्थानबाट बिद्युत ट्रान्सर्फमर चोरी भएका छन । गत राति बर्दघाट नगरपालिका वडा नम्बर १२ मा रहेको कडरिमाई ड्युप बोरिङको बिधुत ट्रान्सर्फमर चोरी भएको छ ।पछिल्लो समय नवलपरासीमा विद्युत ट्रान्सर्फमर चोरीका घटना बढ्न थालेका छ्न ।

करिब दुई महिना अघि रातको समयमा बर्दघाट १ मा रहेको डिप बोरिङ संचालनका लागि जडान गरिएको ट्रान्सर्फमर चोरी भएको वडा नम्बर १ का अध्यक्ष सन्दीप सापकोटाले जानकारी दिए । गहु र मकैका लागी सिचाई गर्ने बेलामा ट्रान्सर्फमर चोरी हुँदा किसानलाई समस्या भएको वडा अध्यक्ष सापकोटाले बताए ।

उक्त क्षेत्रको सिचाईका लागि भुमिगत सिचाई आयोजना रुपन्देहीले उपलब्ध गराएको बजेटमा भुमिगत सिचाईका लागि बोरिङ निर्माण गरिएको थियो । यसै गरि सरावल ३ मा रहेको किसान पोल्ट्रीफर्म को ट्रान्सर्फमर समेत १५ दिन अघि चोरी भएको विधुत प्राधिकरण बर्दघाट बितरण केन्द्रले जनाएको छ । ट्रान्सर्फमर भित्र रहेको तामाको क्वाईल महङ्गोमा बिक्रि हुने हुदा ट्रान्सर्फमर चोरी हुने गरेको बताईएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?