ट्रेन्डीङ्ग

पत्रकार विधार्थी संगठनको अगामी असार १५ र १६ गते काठमाडौमा राष्ट्रिय सम्मेलन हुने

गंगा भण्डारी चैत ८ बुटवल ।
गंगा भण्डारी ,बुटवल -पत्रकार विद्यार्थी संगठन,नेपालको प्रथम राष्ट्रिय सम्मेलन २०७८ असार १५ र १६ गते काठमाडौं हुने भएको छ ।

जनपक्षीय,श्रमजीवी र वर्गीय एवम् राष्ट्रिय पत्रकारिताका लागि हाम्रो आन्दोलन , पत्रकार विद्यार्थी संगठन नेपालको प्रथम राष्ट्रिय सम्मेलन भन्ने मुल नाराका साथ राष्ट्रिय सम्मेलन काठमाडौंमा गर्न लागिएको हाेंं ।

उक्त संगठनको काठमाडौंमा बसेको केन्द्रीय बैठकले सम्मेलनको मिती तय गरेको हो।
बैठकले संगठनका संयोजक मुक्ति गैरेको नेतृत्वमा १९ सदस्य प्रथम राष्ट्रिय सम्मेलन आयोजक समिति गठन गरेको छ ।

जस अन्तर्गत बागमती प्रदेश संयोजकमा सपना कुँवर, गण्डकी प्रदेश संयोजकमा अम्मरराज पाण्डे,लुम्बिनी प्रदेश संयोजकमा किशोर शाही, कर्णाली प्रदेश र सुदुरपश्चिम संयोजकमा जनक शाही, अन्तर्राष्ट्रिय विभाग तथा कार्यलय सचिवमा मोहन बहादुर नेपाली चयन हुनुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।विज्ञप्ति :

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal