ट्रेन्डीङ्ग

नेपाल शिक्षक संघ सुनवल नगर कार्यसमितिको पाचौ प्रतिनिधि सभा

सुनवल । नेपाल शिक्षक संघ सुनवल नगर कार्यसमितिको पाचौ प्रतिनिधि सभा २०८० सप्पन्न भएको छ । संघका अध्यक्ष खेमलाल जोशी शर्माको अध्यक्षता तथा सुनवल नगरका संस्थापक नगर प्रमुख भिमबहादुर थापा क्षेत्रीको प्रमुख आतिथ्यतामा सुनवल हिलपार्कमा वनभोज सहित सभा सम्पन्न भएको हो ।

सभालाई सम्बोधन गर्दै प्रमुख अतिथी थापाले हिलपार्कमा नगर शिक्षक संघले कार्यक्रम गरि आफ्न्नो कार्यक्रम पनि स्मरण गराएको बताए।

कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला कार्यबाहक सभापती बिक्रम यादव , नेपाल शिक्षक संघ जिल्ला अध्यक्ष भोजराज चापागाईं , नेपाल शिक्षक संघका पुर्व केन्द्रिय सदस्य नेत्रलाल नौपाने, नेपाल शिक्षक संघ निवर्तमान जिल्ला अध्यक्ष भबिस्वर पाण्डे, नेपाल शिक्षक संघ महिला उपाध्यक्ष शिवा रेग्मि र सेवा निबृत्त शिक्षक मनमया गुरुङ लगायतले पेशागत हकहित , मर्यादा र इमान्दारीतालाई सधै निर्भीक भैइ उच्च मनोवलका साथ शिक्षण पेसामा लाग्नु नै पेशागत धर्म भएको बताए।

कार्यक्रममा सेवा निरबृत्त शिक्षकहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा शिक्षक सघका उपाध्यक्ष हरिकुमार ढकालको स्वागत र सचिब ऋषि पोखरेलको संचालन रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?