ट्रेन्डीङ्ग

गरिब तथा असाहयहरुको सहयोगार्थ नवलपरासी सेवा समाज युएईको सांस्कृतिक कार्यक्रम

युएई । नवलपरासी सेवा समाज युएईले विविध सांस्कृतिक कार्यक्रम सप्पन्न गरेको छ । समाजले गरिब तथा असाहयहरुको सयोगार्थ सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो ।

नवलपरासी सेवा समाजका अध्यक्ष भुपराज डुम्रे तथा नेपाली समाज युएईका अध्यक्ष वेदप्रसाद अर्यालको प्रमुख आतिथ्यता याक एण्ड यति एभरेस्ट क्लबमा सांस्कृतिक कार्यक्रम गरेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि अर्यालले नवलपरासी सेवा समाजले सामाजिक कार्य सक्रियता रहेकोमा धन्यवाद व्यक्त गर्दै सांस्कृतिक कार्यक्रमले एउटा नयाँ सन्देश दिएको बताए।

त्यस्तै कार्यक्रममा युएईकै बैङकर हशान अमिन अब्दुलहक अल अमिनको,’नेपालीहरु मलाई धेरै सुन्दर लाग्ने समाजलाई सहयोग गर्न तयार रहेकोे बताए। सोही कार्यक्रममा स्थानीय ब्यवसायी इशा मोहम्मद जभाहेरिको समेत सहभागिता रहेको थियो ।

नवलपरासी सेवा समाजका अध्यक्ष भुपराज डुम्रेले अरबी तथा स्थानीयको उपस्थिती आफ्नो संस्थाका लागि ऐतिहाँसिक क्षण भएको बताए । ‘यहाँका स्थानियहरुले नेपालीहरुले गर्ने कार्यक्रममा कमै उपस्थिती जनाउँछन’ अध्यक्ष डुम्रेले भने, ‘हामि नेपालीहरु युएईमा ४ लाख जति छौँ, तर अरबीहरुसंग औपचारिक कार्यक्रममा भेट्ने मौका नै पाएका हुँदैनौ उनिहरुको उपस्थिती नेपालीहरु संगको सामिप्यता कायम गर्न महत्वपुर्ण अवसर हो ।’

राष्ट्रिय लोक तथा दोहोरी गायक बसन्त थापा, मोडल अञ्जली अधिकारी, शर्मिला अर्याल लगायत स्थानीय कलाकारहरुले सांगीतिक प्रस्तुति दिएका थिए।

कार्यक्रममा बरिस्ठ उपाध्यक्ष सीता बरालको स्वागत औपचारिक कार्यक्रम समाजका महासचिव अशोक डुम्रे र सांस्कृतिक कार्यक्रम हरि डुम्रेले संचालन गरेका थिए । कार्यक्रमको संयोजन सल्लाहाकार नरेन सापकोटा र उपाध्यक्ष अतित भुषालले गरेका थिए ।

समाजले गरिव तथा असाहयहरुको सयोगार्थ गत आईतवार सांस्कृतिक कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रमबाट बचत भएको रकम एक कार्यक्रमको आयोजना गरि उद्धेश्य अनुरुप खर्च समाजले जनाएको छ । समाजले युएईमा रहेर ब्यवसाय गरेका नेपालीहरु, स्थानीय तथा विभिन्न क्षेत्रबाट समेत साथ पाएको समाजका प्रचारप्रसार प्रमुख मनोज पाण्डेले बताए ।

आफ्नो कार्य ब्यस्तताका बिच देश बाहिर गरिएको नवलपरासी सेवा समाजको कार्य र कार्यक्रम उदाहरणीय रहेको कार्यक्रम उपस्थित दर्शकहरुले प्रतिक्रिया दिएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?