ट्रेन्डीङ्ग

व्यवहारिक सीपकोे महत्व बढ्दै गएको छ:उपप्रमुख विक

अनिल नेपाली
अर्घाखाँची ७ चैत

अर्घाखाँचीको सन्धिखर्कमा गरिबी निवारणका लागि लधु उद्यम विकास कार्यक्रमको आज एक कार्यक्रमका बीचमा समापन गरिएको छ ।

सन्धिखर्क नपा वडा ९ नम्बरमा गरिबी निवारणका लागि लधु उद्यम विकास कार्यक्रमको सन्धिखर्क नगरपालिका नगर उपप्रमुख ठाकुर कुमार विकको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा मन्तब्य राख्दै उपप्रमुख विकले सिकेको सिपलाई व्यबहारमा लागु गर्न जरुरी रहेको भन्दै अब सैदान्तिक ज्ञान भन्दा पनि व्यबहारिक ज्ञान आबश्यक रहेको बताउदै उद्यमी उद्यमशील बन्न सके नगरपालिकाले जहिले पनि सहयोग गर्ने बताउदै समृद सन्धिखर्क बनाउनको लागि सबै लाग्नुपर्ने बताउनुभएको थियोे ।

कार्यक्रम वडा न ९ वडा अध्यक्ष देब बहादुर रायमाझीको अध्यक्षता उद्यम विकास सहजकर्ता अनिता रावलको सञ्चालनमा सम्पन्न भएको थियोे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?