ट्रेन्डीङ्ग

पश्चिम नवलपरासीमा शित प्रभावितलाई सिरक वितरण

परासी । शीतलहरले प्रभावित बनेका नवलपरासीको रामग्राम नगरपालिका तीन वटा वडामा अति विपन्न समुदायलाई बुधबार सिरक वितरण गरिएको छ । नगरपालिकाको १०, १४, १५ र १६ नम्बर वडाका ५० घरधुरीका अति विपन्न समुदायलाई फाइबरको सिरक वितरण गरिएको हो ।

स्थानीयवासी एंव पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय बुटवलका निर्देशक डा. प्रवेशसिंह कुँवरको समन्वयमा काठमाण्डौं महानगरपालिका – ५ हाडीगाउँ स्थित ‘हाम्रो सोँच नामक संस्थाले उपलब्ध गराइएको ५० थान सिरक वितरण गरिएको हो।

गत दुई सातादेखि जिल्लामा शीतलहरसँगै चिसो बढेको छ। चिसो बढेर स्थानीय जनजीवन कष्टकर बनिरहँदा स्थानीय तहहरुले बजार क्षेत्रमा सामान्य दाउरा वितरण गरेपनि न्यानो कपडा भने वितरण गरेका छैनन । जसले गर्दा विपन्नहरु न्यानो कपडाबाट बञ्चित भएका छन ।

चिसोका कारण विपन्न समुदायको बसाइँ समेत कष्टकर बनेकाले सामाजिक संस्थामार्फत न्यानो कपडा वितरण गरिएको डा. कुँवरले बताए ।

शिक्षा, स्वास्थ्य, सरसफाई र विपद व्यवस्थापनमा सहयोग गर्दै आएको उक्त संस्थाले कपडा बैंक मार्फत न्यून आय भएका समुदायलाई शीतलहरको समयमा कपडा उपलब्ध गराउँदै आएको संस्थाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?