ट्रेन्डीङ्ग

नेपालमा कुशल युवा नेतृत्वको अभाव खड्कियो : जेसि अध्यक्ष पोखरेल

परासी । नेपाल जेसीज वर्ष २०२४ का राष्ट्रिय अध्यक्ष सिनेटर रबिन पोखरेलले नेपालमा युवा नेतृत्वको अभाव खड्किरहेको तर सम्भावना पनि प्रयाप्त रहेको बताए । परिवर्तित समाजमा कुशल युवा नेतृत्व उत्पादन गर्नु अहिलेको मूख्य आवश्यकता रहेको बताएका हुन।

पश्चिम नवलपरासीको परासीस्थित रामग्राम जेसीजले आज आयोजना गरेको राष्ट्रिय अध्यक्षसँग भेटघाट तथा स्वागत कार्यक्रममा प्रशिक्षण दिँदै नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष पोखरेलले जेसीजको मूलमन्त्री पनि परिवर्तित विश्वमा युवा नेतृत्व उत्पादन गर्ने नै रहेको बताए । जेसीजको माध्यमबाट उत्पादन भएका युवा नेतृत्वहरुले समाजमा आफ्नो छुट्टै पहिचान स्थापित गरि अघि बढीरहेको उहाँको भनाई थियो ।

जेसीजका राष्ट्रिय अध्यक्ष पोखरेलले पछिल्लो युवापुस्ताले सम्मान र असल संस्कृतिलाई विर्सदैँ गएकोमा चिन्ता व्यक्त गर्नुभयो । आलोचनालाई स्वीकार गर्न सक्ने, सम्मान र संस्कारप्रति प्रतिबद्ध भएका युवाले मात्र नेतृत्व, व्यक्तित्व विकास र निर्णय प्रक्रियामा सकारात्मक भूमिका निर्वाह गर्न सक्ने अध्यक्ष पोखरेलको भनाई थियो । उहाँले युवाले जोखिम बहन गर्ने आँटका साथ परिवर्तनको शुरुवात गर्न सके मात्र सफलताको शिखर चुम्न सक्ने समेत उल्लेख गरे ।

 

यस्तै नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष सिनेटर श्रीधर बस्यालले जेसीजले व्यक्तिगत,व्यवसायिक, सामुदायिक र अन्र्तराष्ट्रिय अवसरहरु प्राप्त हुने भएकोले त्यस्ता अवसरलाई छोपेर जीवन सफल बनाउन सकिने बताए। जेसीजले उत्पादन गरेका नेताहरुले अहिले समाज र राष्ट्रमै सफल नेतृत्व गरि आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएकोले जेसीजमा आवद्ध भएर नेतृत्व, व्यक्तित्व र उद्यमशीलता विकासमा लाग्न उहाँले जोड दिए।

 

रामग्राम जेसीज वर्ष २०२४ का अध्यक्ष मोहन पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष सिनेटर सन्दिप अग्रहरी, रामग्राम जेसीजका पूर्वअध्यक्ष एवं वर्ष २०२४ का प्रमुख अध्यक्ष सल्लाहकार सिनेटर गिरीराज पाण्डे लगायतले जेसीज अभियानबारे आआफ्नो धारणा व्यक्त गरेका थिए।

कार्यक्रममा बर्दघाट जेसीज वर्ष २०२३ का अध्यक्ष गणेश पाण्डे,पूर्व अध्यक्ष गणेश न्यौपाने, रामग्राम महिला जेसीज वर्ष २०२४ की अध्यक्ष विनिता खड्का,रामग्राम जेसीजका निवर्तमान अध्यक्ष बेनीमाधव बस्याल, पूर्व अध्यक्ष तथा अध्यक्ष सल्लाहकार सञ्जय पाठक र चन्द्रमणि चौधरी, पूर्वअध्यक्ष नारायण सुवेदी, रामग्राम जेसीज र रामग्राम महिला जेसीजका बोर्ड पदाधिकारी एवं सदस्यहरुको सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?