ट्रेन्डीङ्ग

देवकोटा प्राविधिक शिक्षालयमा अध्ययनरत विद्यार्थी ढकालले पाए छात्रवृत्ति

सुनवल । महाकवि देवकोटा प्राविधिक शिक्षालयमा प्रिडिप्लोमा अध्ययनरत विद्यार्थी रोशन ढकालले छात्रवृत्ति प्राप्त गरेका छन ।

विद्यार्थी ढकालले प्रिडिप्लोमा अटोमोवाइलमा ८८.२७ प्रतिशत सहित उत्कृष्ट नतिजा हासिल गरेको प्राविधिक शिक्षालयले जनाएको छ ।

उत्कृष्ट नतिजा हासिल गरेका ढकाललाई सिप्रदी सहायता संस्थाको सहयोगमा एक कार्यक्रमका विच छात्रवृत्ति वापत रु ५० हजार नगद सहित प्रशंसा पत्र वितरण गएिको शिक्षालयले जनाएको छ ।

महाकवि देवकोटा नमुना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरी अर्यालको अध्यक्षता छात्रवृत्ति वितरण कार्यक्रममा सिप्रदी साहायता संस्थाका एचआरडी मिना राना लगाएतको उपस्थीतिमा छात्रवृत्ति वितरण गरिएको हो ।

कार्यक्रममा वोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्यालले सिप्रदी र देवकोटाको सम्वन्ध एतिहासिक रहको र आगामि दिनमा अझै मजवुद हुने भन्दै छात्रवृत्तिमा सहयोग गर्ने सिप्रदी संस्थालाई धन्यवाद व्यक्त गरेका थिए । त्यस्तै छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थी ढकालले जसरी देवकोटामा लगनशिल भएर उत्कृष्ट ल्याउन सफल हुनु भयो त्यसरीनै अगामि दिनमा पनि थप शैक्षिक तथा प्राविधि सफलताहरु हासिल गर्नु पर्नेमा जोड दिए ।

विद्यालय व्यवस्थापन समितिका सदस्य विजयकुमार कर्मचार्य,शिक्षालयका शिक्षक शिक्षिका लगायत विद्यार्थीहरु समेतको उपस्थित रहेको कार्यक्रममा स्वागत मन्तव्य रिङकु कुर्मि र संचालन प्रविधिक शिक्षालयका संयोजक इं अमृत मिश्रको रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?