ट्रेन्डीङ्ग

वालिङ नपाद्वारा १९ वटा अपाङ्गता परिचयपत्र वितरण

तोलाकान्त बगाले
वालिङ, ६ चैत ।
वालिङ नगरपालिकाले आज विभिन्न प्रकृतिका १९ वटा अपाङ्गता परिचय पत्र वितरण गरेको छ ।

नगरपालिकाभित्र अपाङ्गता भएका ब्यक्तिहरुका लागि परिचय पत्र वितरण गर्नका लागि उपप्रमुखको संयोजकत्वमा हुने स्थानीय समन्वय समितिको बैठकले १९ वटा परिचय पत्र वितरण गरेको उपप्रमुख कल्पना तिवारीले बताउनुभयो ।
उहाँका अनुसार आज पूणर् अशक्त ३ वटा, अति अशक्त ११ वटा, मध्यम अपाङ्गता ४ वटा र सामान्य अपाङ्गता एक गरी कूल १९ वटा परिचय पत्र वितरण गरिएको हो ।

विश्वब्यापी महामारीकोरुपमा फैलिएको कोभिड १९ का कारण रोकिएको वितरण कार्यलाई पुनः सुचारु गरिएको उपप्रमुख तिवारीले बताउनुभयो । अबदेखि प्रत्येक महिनाको ५ गते परिचय पत्र वितरण कार्यलाई निरन्तरता दिईने छ ।

अपाङ्गता परिचय पत्र प्राप्तिका लागि २३ वटा निवेदन परे मध्ये १९ जनालाई कार्यविधि अनुसार प्रक्रिया पूरा भएकाले वितरण गरिएको महिला विकास शाखा प्रमुख अनुषा कालेले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?