ट्रेन्डीङ्ग

महायज्ञको तयारि पुरा, ७ करोड आर्थिक संकलन गर्ने लक्ष्य

सुनवल । योग तथा बहुउपयोगी ध्यान केन्द्र निर्माणार्थ श्रीमद्भागवत धनधान्याचल ज्ञान महायज्ञ २०८० को तयारी पुरा भएको छ । हाम्रो सुनवल निर्माण सत्मार्ग सेवा समितिद्धारा आयोजीत श्रीमद्भागवत धनधान्याचल ज्ञान महायज्ञको तयारी पुरा भएको समितिका संयोजक भिमवहादुर थापाले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिए।

भोलि(सोमबार)देखि संचालन हुने महायज्ञबाट करिव ७ करोड आर्थिक संकलन गर्ने लक्ष्य रहेको संयोजक थापाले जानकारी दिए।

योग तथा वहुउपयोगी ध्यान केन्द्र सगै जेष्ठ नागरिक स्याहार केन्द्र,प्राकृतिक चिकित्सा केन्द्र निर्माण गर्नको लागी आयोजना गरिएको महायज्ञको लागत करिव ५० लाख लाग्ने अनुमान आयोजकले गरेको छ ।

पत्रकार सम्मेलनमा प्रदेश सभा सदस्य खड्क वस्नेतले महायज्ञले सुनवलमा एकताको सन्देश दिएको बताउदै योग तथा वहुउपयोगी ध्यानकेन्द्र निर्माणको लागी प्रदेश सरकारसँग आवश्यक पहल गर्ने बताए ।

पत्रकार सम्मेलनमा बोल्दै सुनवल नगरपालिका प्रमुख विमला अर्यालले योग तथा ध्यानकेन्द्रको भवन सुनवलको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने दाबी गरिन ।अर्यालले योग भवनलाई गौरव योजनामा समावेश गरिएको र बहुउपयोगी भवन निर्माणर्थ लागी संचालन गर्न लागिएको महायज्ञलाई सफल बनाउन सवै लाग्नु पर्ने नगरप्रमुख विमला अर्यालले बताइन। योग तथा वहुउपयोगी ध्यान केन्द्र्र वनाउन जारी महायज्ञको संरक्षकका रुपमा सुनवल नगरपालिका रहेको छ।

महायज्ञको पहिलो दिन माघ १ गते सुनवलका चार स्थानबाट विहान ११ बजे कलश यात्रा सुरु गरिने सहसंयोजक मोहन कार्किले बताए।महायज्ञको समुद्घाटन प्रतिनिधि सभा सदस्य तथा पुर्व कानूनमन्त्री ध्रुववहादुर प्रधानले गर्नुहुने समितिका महासचिव लेखनाथ खरेलले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?