ट्रेन्डीङ्ग

बडेरा सामुदायिक वनको १४ औं साधारणसभा सम्पन्न

सुनवल । सुनवल नगरपालिका -१३ बडेरामा रहेको बडेरा समुदायिक वन उपभोक्ता समितिको १४ औं साधारणसभा सम्पन्न भएको छ ।

सामुदायिक वनका अध्यक्ष मदन पन्तको अध्यक्षता एवं जिल्ला समन्वय समिति प्रमुख भगौती यादव(रुदल)को प्रमुख आतिथ्यतामा रामग्राम -७ उजैनिमा सम्पन्न भएको हो ।

प्रमुख अतिथि यादवले वनलाई संरक्षण गर्दै सकारात्मक तरिकाले अगाडि बढेमा लक्ष्य पूरा हुनेमा विश्वास व्यक्त गरे।

पाल्हि नन्दन गाउपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक), डिभिजन वन कार्यलय प्रमुख महेन्द्र वाग्ले,सामुदायिक वन उपभोक्ता समितिला केन्द्रिय सदस्य मनिराम परियार,मुल पानी सामुदायिक वनका अध्यक्ष यज्ञ पाण्डे लगायतले बोलेका थिए ।

कार्यक्रममा पाल्हिनन्दन गाउँपालिका उपाध्यक्ष सकिन फातुमा अन्सारी,शैक्षिक अभियान्ता सुर्य प्रसाद न्यौपाने,सामुदायिक वन उपभोक्ता नवलपरासी अध्यक्ष शारदा पोखरेल लगायतको उपस्थित रहेको थियो ।

वनको सुनवल नगरपालिका – १३ रामग्राम नगरपालिका १ र ७ र पाल्हीनदन गाउपालिका ३ कार्यक्षेत्र रहेको छ । बनले करिब ७० हेक्टर क्षेत्रफलमा जडिबुटी तथा घाँस रोप्ने,१६ हेक्टर क्षेत्रफल तारबार गरेको अध्यक्ष मदन पन्तले जानकारी दिए ।

अध्यक्षको प्रतिवेदन मदन पन्त ,सचीव मोहर चौधरी र कोषाध्यक्ष उमा बगाले र लेखा संयोजक राजाराम श्रेष्ठले प्रतिवेदन प्रस्तुत गरेका थिए।

कार्यक्रमको संचालक सचिव मोहार चौधरी र स्वागत मन्तव्य उपाध्यक्ष प्रेम बहादुर थापा मगरले गर्नु गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?