ट्रेन्डीङ्ग

बालबालिकालाई अभिभावकले घरैबाट राम्रो सस्कार दिनुपर्छ : संविधान सभा सदस्य बौडेल

बर्दघाट । देशमा संविधान जारी भएकोले ब्यवस्था परिवर्तन भएको बताउदै अव अवस्था परिवर्तन गर्न जरुरी रहेको संविधान सभा सदस्य एव नेकपा माओवादी केन्द्रकि केन्द्रिय सदस्य सीता बौडेलले बताइन।२०७२ सालमा नेपालको संविधान जारी भएपछि ब्यवस्था परिवर्तन भएको र अहिलेको ब्यवस्थाले कानुनी रुपमा छोरा र छोरीलाई समान रुपमा हेरेको चर्चा गर्दै उहाले कानुनमा समानता भएपनि ब्यवहारमा समान नभएको जिकिर गरिन ।

देशमा राष्ट्रपति,उपसभामुखजस्ता उच्चस्तरीय पदको जिम्मेवारी महिलाले निर्वाह गरेको बताउदै उहाले छोरीले चाहे राष्ट्रको नेतृत्व गर्न सक्ने बताइन।

विद्यार्थीको पहिलो पठाशाला घर भएको र घरबाट नै सस्कार सिकाउने जरुरी रहेको आवश्यकता औल्याउँदै उहाले अहिलेको शिक्षाले सस्कार सिकाउन नसकेको बताइन।

बर्दघाट ०९ राजा महात्मा पुर्णभद्र माध्यमिक विद्यालयलाई सम्बोधन गर्दै बौडेलले परिवारबाट सस्कार सिकाउन नसक्दा बच्चा कुलतमा फस्ने भन्दै उनले बुवा आमाले बच्चालाई राम्रो सस्कार दिनु पर्ने बताइन।

अभिभावकले समय दिनु भएन भने पारिवारिक माया नपाएको बच्चा धेरै बिग्रेएको बताइन । बच्चाको कला र सीप अभिभावकहरुलाई देखाउन नपाउदा बच्चाहरुमा मनोबैज्ञानिक असर पर्ने बौडेलको भनाइ छ ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चन्द्रकान्त चापागाईंले भौतिक सरचना बनेर सकिएको बताउदै अब शैक्षिक सुधारमा लाग्ने बताए । स्वर्ण महोत्सव सकिएपछि विद्यालयको गुणस्तर सुधारमा लाग्ने चापागाईंको भनाइ छ।

कार्यक्रममा राष्ट्रिय कलाकारहरु जीवन शर्मा र शर्मिला अर्यालले र बिद्यालयका छात्र छात्राले गित संगीतको प्रस्तुति रहेको थियो । कार्यक्रमको सन्चालन बिद्यालयका शिक्षक छबिलाल आचार्य र शुक्रवार भट्टराईले गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?